धनगढी, ९ साउन / कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड निवासी २० वर्षीय अन्नु कठरियालाई जबर्जस्ती करणी गरेको अभियोगमा शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बालिकामाथि जबर्जस्ती करणी भएको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले कठरियालाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
