• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बजुरामा स्याउ किसान बाँदर आतंकबाट पिडित

बाजुरा ७ साउन/बाजुराका किसानलाई अहिले बाँदरबाट स्याउ कसरी जोगाउने भन्ने चिन्ता छ । साउनको पहिलो सातादेखि बाँदरले केही स्याउ खाने र केही स्याउ रुखबाट झारिदिने गरेपछि अहिले यहाँका किसानलाई स्याउ कसरी जोगाउने भन्ने चिन्ता परेको हो । यहाँका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकामा किसानले अहिले स्याउ खेती गर्दै आएका छन् ।

आम्दानी राम्रो हुने सम्भावना देखिएपछि पछिल्लो समय यहाँका किसान स्याउ खेतीमा लागेका हुन् । यहाँ स्याउ खेती राम्रो हुने भए पनि पहिला सडक नहुँदा उत्पादन गरेका स्याउ बजारसम्म पु¥याउन समस्या हुन्थ्यो ।

अहिले यहाँका गाउँबस्तीमा सडक पुगेपछि स्याउ बजारसम्म लैजान सहज भएको छ । यसै कारण किसानले अन्नबालीभन्दा पनि स्याउ खेतीमा बढी चासो दिन थालेका हुन् । योभन्दा पहिला बाँदरले प्रायः अन्नबाली मात्र खान्थ्यो, स्याउमा खासै असर गरेका थिएन । अहिले भने साउनको पहिलो सातादेखि स्याउसमेत खान सुरु गरेको छ । यहाँका किसान भदौ १५ देखि असोजमा स्याउ टिप्ने र त्यो स्याउ बजारमा लगेर बिक्री गर्ने गर्थे । जगन्नाथ गाउँपालिका–१, ढाडाकोटका मनोज कामीले कालाजुर, नाउली, कालापानी, डोप्कामा झन्डै तीन हजारदेखि चार हजारसम्म स्याउका बोट रहेको बताए । २०७१र७२ सालमा यहाँका विष्ट, विश्वकर्मा, गिरी, रोकाया, बोगटी, खत्री र उपाध्यालगायतका चाररपाँच सय परिवारले यहाँ स्याउ लगाएका हुन् ।

ती बोटमा गत वर्षदेखि स्याउ राम्रो फल्ने गरेको छ । उनीहरूले गत वर्षमा एकै जनाले झन्डै ३५ हजारभन्दा बढीको स्याउबारीमा नै बेचेका हुन् । यस वर्ष भने ठेकेदार आउनु पहिला नै बाँदर बारीमा पुगेर सबै स्याउ सखाप पारिदिएको कामीले बताए । जगन्नाथ गाउँपालिका–१ का स्थानीय केपी सार्कीले अन्नबालीभन्दा स्याउले जीविकोपार्जन गर्न सहज हुन्छ भनेर स्याउ खेती सुरु गरेकामा अहिले बाँदरले सबै स्याउ सखाप पारिदिएपछि अब के खेती गर्ने चिन्ता लागेको बताए ।

बाजुरामा पहिला पहिला स्थानीय जातको मात्र स्याउ उत्पादन हुन्थ्यो । अहिले यहाँका किसानले गाला, फुजीलगायतका उन्नत जातको स्याउ उत्पादन गर्दै आएका छन् । बाजुराका १७० हेक्टर जमिनमा अहिले स्याउ खेती गरिन्छ । यहाँ गत वर्षमा एक हजार २० मेट्रिक टन उत्पादन भएको थियो । त्यो केही स्याउ देशका विभिन्न जिल्लामा बिक्री गरेको कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख जसिराम साहनीले बताउनुभयो । उहाँले भन्नभुयो, “संस्थाले रोग लागेपछि त्यसको रोकथाम गर्न सक्छ तर बाँदरलाई भने रोक्ने केही उपाय छैन ।”

यहाँका किसानको सबैभन्दा ठुलो समस्या बाँदर आतङ्क हो । बाँदरबाट खेती जोगाउने स्थानीय सरकारसँग पनि केही कार्ययोजना नभएको स्थानीय तहले बताउँछन् । यता बाँदरबाट खेती जोगाउने उपाय केही छैन । बरु बाँदरले गरेको क्षति यकिन गरेर त्यसको सिफारिस आएपछि राहतको व्यवस्था गर्न सकिने डिभिजन वन कार्यालय बाजुराका सूचना अधिकारी सुभाष ऐडीले बताए ।

बिहिबार, साउन ०७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.