• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै

धनगढी, ३० असार /  ॐ श्रीनगर स्पोट्र्स क्लब, धनगढीको आयोजनामा आगामी साउन २ गते पाँचौँ संस्करणको ‘धनगढी कोरा २०२६’ आयोजना हुने भएको छ।

साइकल संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवद्र्धन तथा स्थानीय धार्मिक एवं पर्यटकीय क्षेत्रहरूको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजना हुँदै आएको धनगढी कोरा यस वर्ष पनि उत्सवका रूपमा मनाइने आयोजकले जनाएको छ । कार्यक्रमले स्थानीय साइकलप्रेमीहरूबीच भाइचारा, सहयोग, सद्भाव र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास आयोजकको छ । साथै युवाहरूमा स्वास्थ्य चेतना, वातावरण संरक्षण, सामाजिक सहकार्य र आन्तरिक पर्यटनप्रति सकारात्मक सन्देश प्रवाह गर्ने लक्ष्य राखिएको छ ।

आयोजकका अनुसार यस वर्षको कार्यक्रममा कैलाली कञ्चनपुरसहित देशका विभिन्न स्थानबाट करिब ३०० जना साइकल यात्री सहभागी हुने अपेक्षा गरिएको छ । सहभागीहरूले करिब ६० किलोमिटर दूरीको सामूहिक साइकल यात्रा गर्दै धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विभिन्न क्षेत्रको भ्रमण गर्नेछन् । यात्राका क्रममा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गरिनेछ भने ती क्षेत्रहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

धनगढी कोरा २०२६ कुनै प्रतिस्पर्धात्मक साइकल दौड (रेस) नभई साइकल उत्सव हो । कार्यक्रममा सहभागीहरूले सामूहिक रूपमा साइकल यात्रा गर्दै विभिन्न स्थानमा विश्राम गर्ने, स्थानीय परिकारको स्वाद लिने, प्राकृतिक तथा पर्यटकीय स्थलहरूको अवलोकन गर्ने, आपसी अनुभव साटासाट गर्ने तथा उत्सवमय वातावरणमा दिनभर रमाइलो गर्नेछन् ।

ॐ श्रीनगर स्पोट्र्स क्लबले धनगढी कोरालाई साइकलमैत्री समाज निर्माण, आन्तरिक पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा लागू औषध न्यूनीकरणको लागि समेत यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।

उक्त साइकल राइडमा सहभागी हुन इच्छुकले साउन १ गते बिहान ११ बजाभित्र अनिवार्य रूपमा आफ्नो नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ। नाम दर्ताका लागि ९८५११६१३८८ वा ९८६०१६१४९३ नम्बरमा सम्पर्क गर्न सकिनेछ।

थप जानकारीका लागि तलको लिंकमा जानुहोस्:-

http://www.mykorachallenge.com

मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.