• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

धनगढी, २६ असोज /  चलचित्र भाडदौड आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ । चलचित्रको मुख्य भूमिका धनगढी उपमहानगरपालिकाको शिवनगर घर भएका कलाकार घनश्याम जोशी तथा अर्को मुख्य कलाकारमा विशाल पोखरेल छन् ।
धनगढीको एसटीएस सिनेमा हलमा पनि चलचित्र भाडदौड प्रदर्शन भइरहेको छ । यो सिनेमाले जीवनको भागदौडको कथा भन्छ । अर्थात आममानिसको जीवनको दौडधुपलाई चलचित्रको पर्दामा उतारिएको छ । जीवनको संघर्ष र यथार्थ बोकेको हास्यव्यङ्ग्य प्रधान चलचित्र भागदौडले सन्देशहरु पनि दिएको छ ।
कलाकार जोशीले यो चलचित्रमा दर्शकलाई हसाउने र ‘इमोसनल’ बनाउने ‘सिन’हरु रहेको बताए ।  आममानिसको जीवनका दुख, पीडा र भोगाइका विषबस्तुलाई चलचित्रमा देखाउन खोजिएको उनले जानकारी दिए । चलचित्रले नेवारी संस्कतिकलाई जोडेर आममानिको यथार्थ र संघर्ष प्रस्तुत गरेको छ ।
नेवारी संस्कृतिलाई जोडेर १० कक्षा पास गरेपछि इन्जिनियरिङ पढ्न चाहने एउटा युवतीले आफ्नो सपनााहरु पुरा गर्न गरेको संघर्षलाई कथानक बनाइएको छ । युवतीको संघर्षमा समाजलाई प्रभाव पार्न आउने पात्रको रुपमा जोशी देखिएका छन् । समाजमा देखिएका विकृति नियन्त्रण गर्ने दायित्व बोकेका सुरक्षाकर्मीको रुपमा पोखरेल छन् । चलचित्रले समाजको ऐना देखाइएको अर्का कलाकार पोखरेलले बताए । समाजको संस्कार, संस्कृति बोकेको यो चलचित्र नेपाली माटो सुहाउँदो रहेको उनले बताए ।
जोशी र पोखरेलसँगै चलचित्रमा अनिषा श्रेष्ठ, शारदा राइ, शेखर चापागाइलगायत कलाकार प्रमुख भूमिकामा छन् । त्यस्तै देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर, महर्जन, सुशास तिमिल्सिनाजस्ता सिनेमाको पर्दामा स्थापित कलाकारहरुको अभिनय रहेको छ ।
यो चलचित्र सुप्रिम म्युजिक एण्ड फिल्म प्रालिको प्रस्तुति हो । विश्वराम बिष्टले निर्माण गरेको चलचित्रको लेखन तथा निर्देशन हिमाल उप्रेतीले गरेका हुन् । चलचित्रका गीतहरुमा बसन्त सापकोटा र प्रकाश नेपालीको संगित भरेका छन् भने गीतको लेखन बसन्त सापकोटा र निर्देशक उप्रेतीले गरेका छन् । गीतहरुम मिलन नेवार, अस्मिता अधिकारी र प्रल्हाद तिमिल्सिनाजस्ता लोकप्रिय गायक–गायिकाले स्वर दिएका छन् ।
धनगढी घर भएका जोशी नेपाली सिने क्षेत्रका स्थापित कलाकार हुन् । उनले दर्जनौँ चलचित्र, टेलिसिरियल, विज्ञापन आदिमा मुख्य कलाकारको भूमिकामा अभिनय गरिसकेका छन् ।

शुक्रबार, असार २६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.