• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गोदाबरी टेम्पो प्रकरण : वन कार्यालयले पीडितलाई ५ लाख क्षतिपूर्ति

धनगढी १० असार/ कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र टेम्पो धनी पक्ष (घनश्याम धामी र उनकी पत्नी धनादेवी धामी) बिच सहमति जुटेपछि धामी दम्पतीले सो रकम प्राप्त गरेका हुन् ।

घटनाको छानबिन गर्न गठित समितिका संयोजक एवं सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले दुई पक्षबिच सहमति भएको जानकारी दिए । गत २९ जेठमा भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे क्षेत्रमा वनका कर्मचारीले धामी दम्पतीको टेम्पो भिरबाट खसालेका थिए । सो घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारी पक्षले गरिबमाथि अत्याचार गरेको भन्दै वन कर्मचारीको चौतर्फी आलोचना भएको थियो ।

आलोचनापछि डिभिजन वन कार्यालयले वन क्षेत्रभित्रको अतिक्रमण हटाउने क्रममा गुड्न नमिल्ने अवस्थामा रहेको टेम्पोलाई बल प्रयोग गरी पन्छाउन खोज्दा भौगोलिक विकटताका कारण अनियन्त्रित भई दुर्घटनावश भिरमा खसेको दाबी गरेको थियो । तर, टेम्पो धनी धनादेवी धामीले आफ्नो टेम्पो चालु अवस्थामै रहेको र जानाजानी खसालिएको भन्दै १० लाख रुपैयाँ क्षतिपूर्ति, भत्काइएका घरटहराको पुनर्निर्माण र होल्डिङ सेन्टरमा बासको व्यवस्था हुनुपर्ने माग राखेकी थिइन् ।

विवाद बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई १० असारसम्मको म्याद दिइए पनि मंगलबार नै दुवै पक्षबिच सहमति जुटेको हो ।

निर्देशक विष्टले धामी दम्पतीले वन क्षेत्रभित्र घर-टहरा बनाएर बस्नु नियमविपरीत भए तापनि मानवीय संवेदना र कर्मचारीको व्यवहारलाई हेरेर क्षतिपूर्ति दिएको बताए । “वन क्षेत्रमा घर(टहरा बनाउने कानुन छैन । वन कार्यालयले पटक-पटक हटाउन आग्रह गर्दा पनि उहाँहरूले अटेर गर्नुभएको देखिन्छ,” विष्टले भने, “त्यस दिन कर्मचारीले आवेशमा आएर वा झोंकमा टेम्पो खसालेको देखियो ।”

उनले दुवै पक्षको कमजोरी रहेकाले मध्यमार्गी बाटो अपनाएर सहमति गराइएको बताए । “टेम्पो खसाल्नु कर्मचारीको गल्ती थियो भने गलत ठाउँमा व्यवसाय सञ्चालन गर्नु धामी दम्पतीको कमजोरी हो । छानबिनले यी दुवै पक्षलाई हेर्छ, तर भौतिक क्षति भएकाले पीडितलाई न्याय दिन क्षतिपूर्तिको व्यवस्था गरिएको हो,” विष्टले भने । टेम्पो भिरबाट खसालेको आरोपमा प्रहरीले १० जना वन कर्मचारीलाई पक्राउसमेत गरेको थियो ।

बुधबार, असार १०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.