• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चीनको ताक्लाकोट जोड्ने तिङ्कर नाका खुल्यो

दार्चुला ९ असार/चीनको ताक्लाकोटलाई जोड्ने सीमानाका रूपमा रहेको दार्चुलाको तिङ्कर भन्ज्याङ नाका खुलेको छ । दार्चुलाको उत्तरी क्षेत्रमा रहेको व्यास गाउँपालिका–१ मा पर्ने तिङ्कर नाका छाङरु र तिङ्कर गाउँमा बसोबास गर्ने सौका समुदायका मानिसलाई चिनियाँ पक्षले अनौपचारिक रूपमा विगतको चलन अनुसार ताक्लाकोट प्रवेश दिन थालेको हो ।

गत २०८२ कात्तिक अन्तिम साता बन्द भएको नाका सोमबार खुलेको व्यास गाउँपालिका–१, छाङरुका स्थानीय व्यापारी एवं नेपाल–चीन हिमालयमैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहोराले जानकारी दिए । सताव्दिऔँदेखि यहाँको छाङरु र तिङ्कर गाउँका सौका समुदायका मानिस चीनको स्वशासित क्षेत्रस्थित ताक्लाकोट बजारमा व्यापारका लागि जाने गर्छन् । कोरोनाको समयमा लामो समय बन्द भएको यो नाका गत वर्षदेखि खुल्दै आएको छ ।

तिङ्कर नाका आधिकारिक नाकाका रूपमा नभए पनि विगत लामो समयदेखि यहाँका सौका समुदायका मानिस ताक्लाकोटको स्थानीय सरकारसँगको समन्वयमा तिङ्कर नाका प्रयोग गर्दै आवतजावत गर्ने गर्छन् ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि चीनको ताक्लाकोटस्थित स्थानीय सरकार विदेश विभागका प्रतिनिधिसँग व्यापारीका लागि नाका सञ्चालनका विषयमा आग्रह गरेको उनले जानकारी दिए । नाका खुलेसँगै यहाँका ६३ जना व्यापारी व्यापार व्यवसायका लागि ताक्लाकोट गएका छन् । उनले भने , “ताक्लाकोटमा केही महिना खाद्य सामग्री र लुत्ताकपडाको व्यापार गर्छौं । सोही व्यापारबाट आम्दानी भएको पैसाले जीविका चलाउँछौँ ।” ताक्लाकोटमा दार्चुलाका स्थानीयले ३२ वटा पसल र चार वटा होटेल सञ्चालन गर्दै आइरहेका छन् । गत वर्ष साउन ७ देखि ९ गतेसम्म दुई दिनका लागि खुलेको तिङ्कर नाका यस वर्ष पनि खुलेको छ ।

स्थानीयको आवश्यकता अनुसार ताक्लाकोटको स्थानीय सरकारले नाका खुल्ने तथा बन्द गर्ने गरेको उनको भनाइ छ । नेपाल–चीन तिङ्कर नाका खुलेको बारे व्यासका स्थानीयले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनील पौडेलले जानकारी दिए । उनले, “नाका खुलेको विषय जानकारीमा छ । विगतदेखि नै ताक्लाकोट व्यापार गर्दै आएका स्थानीयसँगको समन्वयमार्फत नाका खुलेको हो । नाका खुलेको जानकारी मन्त्रालयलाई पठाउँछौँ ।”

विगतदेखि नै छाङरु र तिङ्करका ७०/८० जना नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली र भारतीय सामानको व्यापार गर्दै आइरहेका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार यस वर्ष चीनको ताक्लाकोट जानका लागि व्यास गाउँपालिकाका २१२ जनाले तिब्बत प्रवेश अनुमतिपत्र लिएका छन् । तीमध्ये १५२ जनाले अनुमतिपत्र नवीकरण गराएका छन् भने ६० जनाले नयाँ अनुमतिपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिए ।

चीनले तिङ्करभन्ज्याङको १ नम्बर सीमास्तम्भभन्दा आधा घण्टाको दुरीमा रहेको सापु भन्ने ठाउँमा सुरक्षाकर्मी बस्ने संरचना निर्माण गरेर कच्ची सडक पु¥याएको छ । चीनतर्फ सापुमा सुरक्षाकर्मीको चेकपोस्ट रहेको छ भने नेपालतर्फ व्यास गाउँपालिका–१, तिङ्करगाउँको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको प्रहरी चौकी सञ्चालनमा छ ।

कोभिड-१९ महामारीका कारण लामो समय बन्द रहेको ताक्लाकोट नाका आर्थिक वर्ष २०८०/८१ देखि व्यापारीको आवतजावतका लागि मात्रै खुल्दै आएको छ ।

मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.