• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गेटा अस्पतालको भिडियो एक्स-रे र म्यामोग्राफी सेवा बन्द

धनगढी ९ असार/शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा रहेको गेटा अस्पतालमा भिडियो एक्स-रे र म्यामोग्राफी सेवा बन्द भएका छन् । दुवै सेवा रेडियोलोजिस्ट डाक्टर नहुँदा बन्द भएका हुन । २ महिना अघि नै रेडियोलोजिस्ट डा। होम पन्तको कोसीमा सरुवा फिर्ता भएपछि उनले जागिर नै नगर्ने भन्दै राजीनामा दिएदेखि सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले बताए । यसअघि पनि दैनिक २० जनाको मात्रै भिडियो एक्स-रे हुने गरेको गेटा अस्पतालमा हाल सेवा पुरै बन्द भए पनि बिरामी बाहिर निजी अस्पतालमा जान बाध्य भएका छन् ।

यसअघि गेटा अस्पतालमा कार्यरत रहेका डा। पन्तलाई सेती प्रादेशिक अस्पतालको पनि जिम्मेवारी दिइँदा उनी बिहान ११ बजे देखि २ बजे सम्म मात्रै नियमित भिडियो एक्स-रे गर्ने गरेका थिए । डा। पन्तलाई पनि गेटामै कार्यरत रहने गरी नियुक्ति दिइएको भए पनि उनीलाई सेती अस्पतालमा पनि सिटी स्क्यान गर्ने जिम्मेवारी तोकिएकाले २० जनाको मात्रै भिडियो एक्स-रे गर्ने गरिएको थियो ।

सूचना अधिकारी कार्कीले गर्भवती जाँचको लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ (गाइनोकोलोजिस्ट) डाक्टरले नै भिडियो एक्स-रे गरे पनि अन्य भिडियो एक्स-रे सेवा भने बन्द रहेको बताए । उनका अनुसार रेडियोलोजिस्ट डाक्टर नहुँदा म्यामोग्राफी (स्तन एक्स-रे जाँच) सेवा पनि बन्द भएको छ । म्यामोग्राफीको रिपोर्टिङ पनि रेडियोलोजिस्ट डाक्टरलाई गर्नुपर्ने भएकाले रेडियोलोजिस्ट डाक्टर नहुँदा सेवा बन्द भएको उनले बताए । म्यामोग्राफी सेवा यस क्षेत्रमा पहिलो पटक सञ्चालनमा ल्याइएको थियो ।

सूचना अधिकारी कार्कीले नयाँ रेडियोलोजिस्ट डाक्टर ल्याउने प्रयास भए पनि सफल नभएको बताए । उनले अब चालु आर्थिक वर्ष पनि सकिन लागेकाले नयाँ आर्थिक वर्षमै यसको प्रक्रिया अगाडी बढ्ने बताए ।

२०८० कार्तिक १ गते देखि सेवा सुरु भएको अस्पतालमा सेवा विस्तार हुनुको साटो झन् समयमा डाक्टरको पूर्ति गर्न नसक्दा भएका सेवा पनि बन्द भएपछि स्थानीयले आक्रोश पोखेका छन् । नेपालको पहिलो चिकित्सा शिक्षा अध्ययन गराउने विश्वविद्यालय मातहत ल्याउने तयारी गरिएको अस्पतालको सेवा विस्तार गर्न आवाज उठिरहेका बेला सामान्य सेवा समेत बन्द हुनु दुःखद भएको गोदावरी नगरपालिका – १ का रमेश विष्टले बताए । उनले अस्पतालमा भिडियो एक्स-रे सेवा बन्द हुँदा नजिकै निजी अस्पताल पनि नभएकाले धनगढी या अत्तरिया पुग्नुपर्ने बाध्यता रहेको बताए ।

६ सय शय्याको भौतिक संरचना निर्माण भएको अस्पतालमा हाल ५० शय्यामा मात्रै सञ्चालनमा रहेको छ । अस्पतालमा सेवा विस्तारका लागि पटक पटक यस क्षेत्रका स्थानीयले दबाब दिँदै आएका भए पनि हाल भएका सेवा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् । अस्पतालमा यसअघि नै आइसियु एन आइसियु सेवा पनि सञ्चालन गर्ने भन्दै पूर्वाधार निर्माण गरिएको भए पनि सो सेवा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

हाल अस्पतालको ओपिडी भवनमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल लेखिएको छ । विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट नै चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्दै सरकारले यस वर्ष बजेट पनि विनियोजन गरेको छ । तर, चिकित्सा शिक्षा अध्ययनका लागि चाहिले अस्पतालको स्तरोन्नतिमा भने अझै ध्यान दिइएको छैन । सरकारले चालु शैक्षिक सत्रमा गेटामा चिकित्सा शिक्षा अध्यापनका लागि सेती, महाकाली र टीकापुर अस्पताल सँग सहकार्य गर्ने जनाएको छ ।

मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.