• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गेटा आँखा अस्पताल विवादमा : दिनेशखबरको ‘खण्डन पत्रकारिता’को वास्तविकता 

धनगढी, २८ जेठ / गेटा आँखा अस्पतालमा देखिएको कर्मचारी आन्दोलन, संस्थागत सुशासन, पारदर्शिता तथा व्यवस्थापनसँग सम्बन्धित विषय पछिल्लो समय सुदूरपश्चिमका सञ्चारमाध्यममा व्यापक रूपमा उठिरहेका छन्। विशेषगरी सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनले सुरुदेखि नै अस्पताल परिसरमा पुगेर स्थलगत रिपोर्टिङ गर्दै आन्दोलन, कर्मचारीका माग, स्थानीय सरोकार र प्रशासनमाथि उठेका प्रश्नहरूलाई निरन्तर समाचारको विषय बनाएका थिए।

यसको प्रमाणस्वरूप ती दुवै सञ्चारमाध्यमले तयार पारेका भिडियो सामग्रीहरू दिनेशखबरले समेत आफ्नो फेसबुक पेजमार्फत शेयर तथा सम्प्रेषण गरेको देखिन्छ। यसबाट गेटा आँखा अस्पतालको विवादलाई पहिलोपटक स्थलगत रूपमा उठाउने र सार्वजनिक बहसको विषय बनाउने काम सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनले गरेका थिए भन्ने तथ्य थप पुष्टि हुन्छ।

यहाँ छ दिनेश खबरले सम्प्रेषण गरेको भिडियो सामग्री:- https://www.facebook.com/share/v/1D5ohnG8ex/

https://www.facebook.com/share/v/17WohREGjS/

जुन सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनको टिमले कैद गरेको हो। 

यही क्रममा दिनेशखबरले जेठ २७ गते प्रकाशित ‘गेटा आँखा अस्पतालमा कर्मचारी -प्रशासनबीच बढ्दो विवादको भित्री कथा’ शीर्षकमा सम्प्रेषण गरिएको समाचार मार्फत अस्पताल प्रशासनको पक्षलाई प्राथमिकता दिँदै आन्दोलनरत कर्मचारी र समाचार सम्प्रेषण गरिरहेका सञ्चारमाध्यममाथि प्रश्न उठाउने प्रयास गरेको देखिन्छ । समाचारमा आन्दोलनका विषय उठाउने सञ्चारमाध्यमहरू कसैको प्रभाव वा बोलाहटमा अस्पताल पुगेको जस्तो आशय व्यक्त गरिएको छ। तर वास्तविकता त्यस्तो होइन।

गेटा आँखा अस्पतालमा समाचार संकलन गर्न पुगेका पत्रकारहरू कसैले बोलाएको भरमा गएका होइनन्। सार्वजनिक सरोकार, संस्थागत विवाद र आन्दोलनजस्ता विषयमा आधिकारिक जानकारी संकलन गर्न तथा तथ्य खोज्न पत्रकारहरू स्वस्फूर्त रूपमा स्थलगत रिपोर्टिङका लागि पुगेका थिए। पत्रकारिताको आधारभूत अभ्यास नै घटनास्थल पुगेर तथ्य संकलन गर्नु हो।

त्यसलाई कसैको उक्साहट वा बोलाहटसँग जोडेर प्रस्तुत गर्नु पत्रकारिताको मर्मविपरीत हुने देखिन्छ । अर्कोतर्फ, यदि अस्पताल प्रशासनलाई प्रकाशित वा प्रसारित सामग्रीप्रति कुनै गम्भीर आपत्ति थियो भने पत्रकारिताको स्थापित अभ्यासअनुसार सम्बन्धित सञ्चारमाध्यममै आफ्नो प्रतिक्रिया, स्पष्टीकरण वा खण्डन पठाउनुपर्ने थियो। सुदूरपत्र अनलाइन वा सनराइज टेलिभिजनमा प्रकाशित सामग्रीप्रति असहमति भए सोही माध्यममार्फत आफ्नो धारणा सार्वजनिक गर्न सकिन्थ्यो। तर त्यसो नगरी दिनेशखबरमार्फत प्रशासनको पक्षमा केन्द्रित सामग्री सम्प्रेषण हुनु आफैंमा प्रश्नको विषय बनेको छ। दिनेश खबरले प्रशासनको खण्डन छाप्नु कुन आचारसंहिताले दिन्छ ? 

अझ महत्वपूर्ण कुरा, गेटा आँखा अस्पतालको विवादबारे लामो समयसम्म उल्लेखनीय सामग्री प्रकाशित नगरेको ‘दिनेशखबर’ एकाएक प्रशासनको पक्षमा उभिँदै अन्य सञ्चारमाध्यमले उठाएका विषयको प्रतिवाद गर्ने शैलीमा प्रस्तुत भएको देखिन्छ। यसले समाचारको उद्देश्य तथ्य प्रस्तुत गर्नु थियो कि प्रशासनको बचाउ गर्नु थियो भन्ने प्रश्न उठाएको छ।

नेपाल पत्रकार महासंघको पत्रकार आचारसंहिता तथा प्रेस काउन्सिल नेपालका सिद्धान्तहरूले सञ्चारमाध्यमलाई निष्पक्ष, सन्तुलित र तथ्यमा आधारित पत्रकारिता गर्न निर्देशित गरेका छन्। पत्रकारिता कुनै संस्था वा प्रशासनको प्रवक्ता बन्ने माध्यम होइन, बरु सार्वजनिक सरोकारका विषयमा उठेका प्रश्नहरूको सत्यतथ्य खोज्ने प्रक्रिया हो। तर दिनेश खबरले उल्टै प्रशासनको तर्फबाट खण्डन गरेको थियो। सोही खण्डनलाई लिएर सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनमा दिनेश खबरमा प्रकाशित समाचारको विषयवस्तु अनुसारनै शीर्षक राखी सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनमा समाचार सम्प्रेषण गरिएको हो।

स्थानीयवासी, आन्दोलनरत कर्मचारी तथा सुरुदेखि समाचार सम्प्रेषण गर्दै आएका सुदूरपत्र अनलाइन र सनराइज टेलिभिजनको ठहर अनुसार ‘दिनेशखबर’ले जेठ २७ गते प्रकाशित गरेको सामग्री मूलतः गेटा आँखा अस्पताल प्रशासनमाथि उठेका प्रश्नहरूको तथ्यगत उत्तर दिनभन्दा पनि अन्य सञ्चारमाध्यमले उठाएका विषयलाई कमजोर पार्ने र प्रशासनको पक्षलाई बलियो बनाउने उद्देश्यले तयार गरिएको देखिन्छ।

त्यसैले अहिलेको मुख्य प्रश्न गेटा आँखा अस्पतालको विवाद मात्र होइन, पत्रकारिताको निष्पक्षता र व्यावसायिक मर्यादाको पनि हो। यदि कुनै सञ्चारमाध्यमले उठाएका विषयप्रति असहमति छ भने त्यसको तथ्यगत प्रतिवाद सम्बन्धित माध्यममै गरिनुपर्छ। तर अर्को सञ्चारमाध्यममार्फत प्रशासनको बचाउ गर्दै अन्य मिडियालाई नै काउन्टर दिने शैलीमा सामग्री उत्पादन गर्नु पत्रकारिताको कुन सिद्धान्त र कुन आचारसंहिताले अनुमति दिन्छ ? 

बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.