• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गेटमा आँखा अस्पतालमा ‘सिटी’ आन्दोलन

धनगढी, २७ जेठ / कैलालीको गेटा आँखा अस्पताल अगाडी सिटी बजाएर प्रदर्शन गरिएको छ । गेटा आँखा अस्पतालको बेथिति विरुद्ध गठन गरिएको सङ्घर्ष समितिले बुधवार सिटी बजाएर आँखा अस्पतालको गेट अगाडी प्रदर्शन गरेको हो ।

सङ्घर्ष समितिका संयोजक गणेश राज विष्टले आफूहरूले १९ गते देखी चरणबद्ध रूपमा आन्दोलन गर्दै आइरहेको बताए । उनले आन्दोलनको सुरुवात आफूहरूले नभई गेटा आँखा अस्पतालकै प्रशासन र कर्मचारीहरूको विवादका कारण सृजना भएको बताए । उनले आँखा अस्पतालमा विभिन्न समस्याहरू रहेको र त्यसको समाधान नभएसम्म सङ्घर्ष समिति आन्दोलनरत रहने बताए ।

सङ्घर्ष समितिका उपसंयोजक रामचन्द्र भट्टले आँखा अस्पतालभित्र भएका बेथिति, बेसङ्गति र मनोमानी ढङ्गको कार्यशैलीका विरुद्ध स्थानियबासी जागरूक भएको बताए । उनले आफूहरूको उद्देश्य अस्पताल बन्द गरेर आन्दोलन गर्नु नभई सेवाग्राहीहरूको सेवामा मर्का नपर्ने किसिमले सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु रहेको बताए ।

उनले आँखा अस्पतालको व्यवस्थापन राम्रो भई सेवाग्राहीलाई सहज रूपमा गुणस्तरीय सेवा प्रदान होस भन्ने उद्देश्यले नै आन्दोलन गरिरहेको बताए । उनले गेटा आँखा अस्पतालकै कारण अन्य विभिन्न स्थानका आँखा अस्पतालहरू पनि सञ्चालन भइरहेको बताए । उनले त्यति मात्रै नभई गेटा आँखा अस्पतालले तमाम केन्द्रीय पदाधिकारीहरूको परिवार पालिरहेको समेत आरोप लगाए । उनले स्थानीय बासिन्दाहरूको प्रत्यक्ष सहभागिता हुने गरी नेत्र ज्योति सङ्घको आजीवन सदस्यता उपलब्ध हुने पर्ने बताए ।

सङ्घर्ष समितिका सचिव भरत खड्काले विगत १९ गते देखी सुरु भएको आन्दोलनमा बुधवार सिटी बजाएर विरोध प्रदर्शन गरेको बताए । उनले आफूहरूका मागहरूको सुनुवाई होस र व्यवस्थापन समिति र सरोकारवाला निकायहरूको ध्यान पुगोस् भनेर सिटी बजाएर प्रदर्शन गरिएको बताए ।

स्थानीय सिद्ध राज भट्टले जुनसुकै कुरा पनि केन्द्र बाटै निर्णय हुने गरेका कारण समस्या सृजना भइरहेको बताए । उनले स्थानीयहरूको सहभागिता नै नभएको अवस्था भएका कारण अहिले आँखा अस्पतालमा बेथिति मौलाई रहेको बताए । उनले अस्पताल भित्रको बेथिति अन्त्य हुनुपर्ने र स्थानीयले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्ने माग गरे ।

यही जेठ १९ गते देखी आन्दोलनरत सङ्घर्ष समितिले मङ्गलवार शंख फुकेर प्रदर्शन गरेको थियो । प्रदर्शनमा सङ्घर्ष समितिका पदाधिकारी सहित स्थानीयहरूको सहभागिता रहेको थियो । कालो पट्टी बाँधेर आन्दोलनलाई अगाडी बढाईरहेको सङ्घर्ष समितिले आफूहरूका माग पुरा नभए अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधबार, जेठ २७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.