• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गेटा आँखा अस्पतालमा प्रशासन प्रमुख देखि लेखा अधिकृत सम्मले विदा लिए , निर्देशक पन्त भन्छन; म कुनै पदमा छैन 

धनगढी, २७ जेठ /  गेटा आँखा अस्पतालमा कर्मचारी , स्थानीय र  अस्पताल प्रशासनको विवाद चलिरहेका बेला प्रशासनका केही प्रमुख कर्मचारीहरू एकाएक बिदामा बसेका छन्।  कर्मचारी तथा स्थानीयहरूले माग सम्बोधन गर्ने जिम्मेवारीमा रहेका अधिकारीहरू नै कार्यालयमा अनुपस्थित रहनुले प्रशासन समस्याप्रति गम्भीर नभएको आरोप लगाएका छन्।

अस्पताल प्रशासनले एक साताभित्र महँगी भत्ता लगायतका माग सम्बोधन गर्ने आश्वासन दिएको थियो। तर पछिल्लो समय माग समाधानतर्फ ठोस पहल गर्नुको सट्टा प्रशासनका मुख्य कर्मचारीहरूको बिदा स्वीकृत गरिएको भन्दै असन्तुष्ट कर्मचारी र स्थानीयहरूले  गुनासो गरेका छन् ‌ ।

कर्मचारीहरूले प्रशासनका कर्मचारी दीर्घबहादुर चन्द, गोविन्दराज जोशी र रमेशचन्द्र भट्ट विवादपछि नियमित रूपमा अस्पताल आउन छोडेका छन्। यस्तै कर्मचारीको तलब–भत्ता व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित लेखा अधिकृत मान बहादुर चौधरी पनि १०–१२ दिनको लागि  बिदामा बसेका छन्।

यसै सन्दर्भमा अस्पतालका प्रमुख चिकित्सा निर्देशक सुरेशराज पन्तसँग जानकारी लिनका लागि दुई दिनसम्म पटक–पटक सम्पर्क गर्दा उनले एकपटक बल्ल तल्ल फोन उठाई आफू हाल कुनै पदमा नरहेको र मलाई कर्मचारीले लिएको विदाबारे कुनै जानकारी नहुने बताए।

तर गेटा आँखा अस्पतालमा यसैगरी बेलाबेला उठ्ने विवादका बेला पन्तले एकाएक राजीनामा दिने र अस्पतालको वातावरण सहज भएपछि फेरि सोही पदमा रहेर पटक-पटक काम गरेको कर्मचारीहरू बताउँछन्। पदबाट राजीनामा दिएको भने पनि पन्तको राजीनामा स्वीकृति आजसम्म कहिल्यै भएको छैन।

यद्यपि आन्दोलनरत कर्मचारीहरूले अहिले अस्पतालभित्र काम गर्ने वातावरण भने केही सहज भएको बताएका छन्। प्रशासनका उच्च तहका कर्मचारीहरू नियमित रूपमा उपस्थित नहुँदा अनावश्यक दबाब कम भएको र सेवा प्रवाहमा सहजता आएको उनीहरूको भनाइ छ।

“महँगी भत्ता पाउने विषयमा अझै पूर्ण विश्वास गर्न सकिने अवस्था छैन, तर पछिल्ला केही दिनमा काम गर्ने वातावरण पहिलेभन्दा सहज बनेको छ,” कर्मचारीहरूले बताए।

उता स्थानीयहरूले पनि अस्पताल व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै निरन्तर संघर्षमा रहेको सङ्घर्ष समितिका सह-सचिव गिरिराज भण्डारीले बताए ।

सुदूरपश्चिमकै प्रतिष्ठित स्वास्थ्य संस्थाका रूपमा चिनिने गेटा आँखा अस्पतालमा देखिएको पछिल्लो विवादले  अस्पताल व्यवस्थापन समिति, प्रशासनसँग  कर्मचारीहरु र स्थानीय समुदायहरुको विश्वास संकटमै परेको देखिन्छ ।  कर्मचारी र स्थानीय पक्षले मागहरूको शीघ्र सम्बोधन हुनुपर्ने बताएका छन् भने अस्पताल प्रशासनले भने आफ्ना गतिविधि नियमअनुसार  पारदर्शी रूपमा सञ्चालन भइरहेको दाबी दोहोर्याउँदै आएको छ।

बुधबार, जेठ २७, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.