• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रहरीको उच्च  निगरानीमा नेटवर्किङ ठगी धन्दा , १३ जना पक्राऊ

धनगढी, २६ जेठ /  भारतमा जागिर लगाइदिने प्रलोभन देखाएर युवाहरूलाई ठगी तथा मानसिक दबाबमा पार्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक दर्जन बढीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरीले गौरीगंगा नगरपालिका–७ का २२ वर्षीय चक्रबहादुर साउदसहितका पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएकोमा उनीहरूलाई समातिइएको हो।

जाहेरीअनुसार आरोपितहरूले भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा रहेको ‘विन्स्पायर वर्ल्ड कम्पनी’मा विभिन्न पदमा जागिर लगाइदिने भन्दै युवाहरूलाई प्रलोभनमा पारेका थिए।

उनीहरूलाई सात दिनसम्म विभिन्न तालिम तथा मानसिक र भावनात्मक प्रशिक्षण गराइएको, कम्पनीको होस्टेलमा राखिएको तथा परिवारसँग सम्पर्क गर्न नदिई मोबाइलसमेत नियन्त्रणमा लिइएको आरोप छ।

पीडितहरूको भनाइअनुसार कम्पनीमा काम गर्न सुरुमा प्रतिव्यक्ति १० हजार भारतीय रुपैयाँ असुल गरिएको थियो। त्यसपछि थप व्यक्तिहरूलाई कम्पनीमा ल्याउन र दुई लाख भारतीय रुपैयाँ जम्मा गरे मासिक ३५ देखि ४० हजार रुपैयाँ तलब पाइने तथा नयाँ सदस्य भित्र्याएबापत प्रतिव्यक्ति २४ हजार ९१० रुपैयाँ कमिसन पाइने भन्दै प्रलोभन देखाइएको थियो।

कम्पनीमा ब्राञ्चेज, बारोन, काउन्ट, प्रि–मार्क, मार्क, प्रि–ड्युक, ड्युक र एश ड्युक गरी आठ तहका पद रहेको र पदोन्नतिसँगै होस्टेल सञ्चालन तथा मासिक एकदेखि तीन लाख भारतीय रुपैयाँसम्म आम्दानी हुने आश्वासन दिइएको पीडितहरूले बताएका छन्।

सोही जाहेरीका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको समन्वयमा भारतीय प्रहरी, भारतीय दूतावास, किन इन्डिया संस्था तथा नेपाली राजदूतावासका प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लको सहयोगमा पीडित विशाल खत्रीलाई भारतको देहरादुनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न आरोपितहरू भाग्ने क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीको संयुक्त समन्वयमा उनीहरूलाई नेपाल–भारत सीमा नाका गड्डाचौकीबाट नेपाल प्रवेश गर्न खोज्दै गर्दा २०८३ जेठ २५ गते साँझ नियन्त्रणमा लिइएको थियो।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूले जागिर लगाउने भन्दै प्रलोभन देखाएर भारतमा लगेर ठग्ने र बन्धक बनाई असुली गर्ने समेत गरेका थिए।

अहिले उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओम रानाले बताए। पछिल्लो समय नेपाल प्रहरीले भारतमा समेत विभिन्न अपरेसन गर्दै अपराधी नियन्त्रणमा लिने क्रम बढाएको छ। रानाले वैदेशिक रोजगारी तथा आकर्षक आम्दानीको प्रलोभनमा पारेर सञ्चालन गरिने यस्ता नेटवर्किङ ठगीविरुद्ध प्रहरी कडाइका साथ प्रस्तुत हुने बताउँदै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्।

मङ्गलबार, जेठ २६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.