• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गेटा आँखा अस्पतालमा चन्द, भट्ट र जोशीको शासन 

धनगढी, २१ जेठ /  कैलालीस्थित गेटा आँखा अस्पताल यतिबेला कर्मचारी, प्रशासन र स्थानीय बीचको विवादका कारण चर्चामा छ। कर्मचारीहरूले अस्पतालभित्र सीमित व्यक्तिको प्रभाव र नियन्त्रण बढ्दै गएको आरोप लगाउँदै कर्मचारीहरुले प्रशासन विरुद्ध असन्तुष्टि पोखेसँगै स्थानीयहरुले पनि एक्यवद्धता जनाएर विवादलाई थप उत्कर्षमा पुगाएका छन्।

यो विवाद सिर्जना हुनका पछाडि मुख्य ३ जना प्रशासन प्रमुख दीर्घबहादुर चन्द, वरिष्ठ प्रशासनिक अधिकृत गोविन्दप्रसाद जोशी र बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्ट रहेको समेत कर्मचारी र स्थानीयहरूले उल्लेख गरेका छन्।

प्रमुख प्रशासक दीर्घबहादुर चन्द नेपाली सेनाबाट अवकाश प्राप्त कर्मचारी हुन्। चन्दले अस्पताल प्रशासनलाई पनि सेनाकै गण जस्तो ठानेर निरङ्कुशतावाद देखाएको आरोप लगाए । कर्मचारीहरूले आफ्नो हक, सुविधा र समस्या उठाउँदा समाधानको सट्टा स्पष्टीकरण, दबाब र मानसिक तनावको सामना गर्नुपर्ने अवस्था रहेको दाबी गरेका छन्।

अस्पतालभित्र बढ्दो असन्तुष्टिको अर्को केन्द्र वरिष्ठ प्रशासनिक अधिकृत गोविन्दप्रसाद जोशी बनेका छन्। कर्मचारीहरूका अनुसार जोशीले गेटा आँखा अस्पतालमा १७ वर्षको अवधिमा ६–७ पटकसम्म बढुवा प्राप्त गरेका छन्। जबकि सोही अवधिदेखि कार्यरत अन्य कर्मचारीहरू अझै उही तहमा सीमित रहेको बताइन्छ।

कर्मचारीहरू प्रश्न गर्छन्, “यदि बढुवाको आधार योग्यता, क्षमता र कार्यसम्पादन हो भने एउटै कर्मचारीले पटक–पटक अवसर पाउँदा अन्य कर्मचारी किन पछि परे ?” उनीहरूका अनुसार अस्पतालभित्र सबैभन्दा बढी लाभ र अवसर प्राप्त गर्ने कर्मचारीका रूपमा जोशीलाई हेरिने गरिएको छ।

यस्तै बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टमाथि पनि कर्मचारीहरूले प्रश्न उठाएका छन्। अवकाश प्राप्त भएपछि गेटा आँखा अस्पतालमा कार्यरत भट्टले प्रशासनिक र संस्थागत गतिविधिमा ठुलो प्रभाव जमाएका छन्। उनीहरूका अनुसार भट्ट औपचारिक जिम्मेवारीभन्दा बाहिरका विषयमा समेत प्रभाव राख्ने व्यक्तिका रूपमा चिनिन्छन्।

कर्मचारीहरूले अस्पतालभित्र वृत्ति विकास, जिम्मेवारी बाँडफाँट, अवसर वितरण र प्रशासनिक निर्णयमा पारदर्शिताभन्दा पनि पहुँच र निकटताको प्रभाव बढी देखिएको बताएका छन्। यसले कर्मचारीबीच असन्तुष्टि र विभाजन बढाएको उनीहरूको दाबी छ।

अस्पतालमा महँगी भत्ता वितरणमा भएको ढिलाइ, कर्मचारीका गुनासो सम्बोधनको शैली, बारम्बार स्पष्टीकरण सोधिने अभ्यास तथा बढुवा प्रक्रियामाथि उठेका प्रश्नहरूले पनि प्रशासनप्रतिको अविश्वास बढाएको कर्मचारीहरूको भनाइ छ।

कर्मचारीहरुको असन्तुष्टि पछि ७ दिन सम्म समस्या समाधान गर्ने भनेर जेठ २० गते अस्पताल प्रशासनसँग सामान्य सहमति भए पनि स्थानीयहरु भने आफ्नो ६ बुँदे माग सहितको अडानमा अडिग छन्।

बिहिबार, जेठ २१, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.