काठमाडौं, १८ जेठ / विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले संसद्मा उपस्थित भएर माफी नमागेसम्म सदन चल्न नदिने निर्णय गरेका छन्।
आज बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउन माग गर्ने निर्णय भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए।
