• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

देउवा पक्षीय नेताहरूको सभापति थापालाई खुला चेतावनी, महाधिवेशनबाट ठेगान लगाउने

धनगढी, १० जेठ  /  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको भेलामा शेरबहादुर देउवा पक्षीय नेताहरूले सभापति गगन थापाविरुद्ध आक्रोश पोखेका छन्। आइतबार धनगढीमा आयोजित प्रदेशस्तरीय भेलामा बोल्ने नेताहरूले सभापति थापाले पार्टीभित्र अराजकता र भ्रम फैलाएको भन्दै आगामी १५औँ महाधिवेशनमा उनलाई ठेगान लगाउने खुला चेतावनी दिएका हुन्।

कञ्चनपुर कांग्रेसका सभापति पदम बोगटीले सभापति गगन थापालाई लक्षित गर्दै आगामी महाधिवेशनमा बदला लिने चेतावनी दिए । ‘तपाईंले जसरी ४० वर्ष दुःख गरेका नेताहरूलाई अपमान गरेर मुण्ड मुण्डका मान्छे जम्मा गरेर कांग्रेस कब्जा गर्न खोज्नुभएको छ, त्यो सफल हुँदैन। १५ औँ महाधिवेशनमा हामी नयाँ नेतृत्व लिएर आउँछौँ र तपाईंलाई देखाइदिन्छौँ’, उनले भने।

बोगटीले गगन थापाले डिजिटल प्रविधिका नाममा पुराना नेताहरूको हुर्मत लिएको भन्दै अब चुप लागेर नबस्ने बताए । पूर्वमन्त्री तथा पूर्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सभापति थापाले सङ्कलन गरेको भनिएको हस्ताक्षरलाई नक्कली र टोटलको खेतीको संज्ञा दिए ।

‘पार्टी कार्यालयमा आउन नसकेर होटलमा केन्द्रीय समितिको बैठक बस्ने र १३०० नक्कली हस्ताक्षर देखाएर भ्रम फैलाउने रु यस्ता मान्छेहरू आफैँ बिलाएर जान्छन्,’ उनले भने।

उनले शेरबहादुर देउवा नेपालकै अभिभावक भएको र उनकै कारण कांग्रेस ठुलो पार्टी बनेको दाबी गरे । सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीको विधान र अनुशासन नमान्नेहरूलाई पार्टीबाटै निकाल्ने चेतावनी दिए । गगन थापाले पार्टी सदस्यता र लेवीका विषयमा भ्रम फैलाइरहेका छन्। हिजो महामन्त्री हुँदा नवीकरण गर भन्ने, आज त्यही कुराको विरोध गर्ने रु यस्तो रंगीन कुराले पार्टी चल्दैन। कांग्रेसको जरा उखेल्नेलाई हामीले फ्यात्त फालिदिन्छौँ,’ उनले भने

संस्थापन पक्षका नेताहरूको मात्रै बाहुल्यता रहेको उक्त भेलाको ब्यानरमा पूर्वसभापति शेरबहादुर देउवाको ठुलो तस्बिर राखिएको भए पनि वर्तमान सभापति गगन थापाको तस्बिर भने हटाइएको थियो । भेलामा सहभागी अधिकांश नेताहरूले गगन थापाले पार्टीभित्र समानान्तर गतिविधि चलाउन खोजेको आरोप लगाउँदै सुदूरपश्चिमका कांग्रेसहरू देउवाको पक्षमा उभिने उद्घोष गरे।

भेलामा एनपी साउद, रमेश लेखक, मुख्यमन्त्री कमलबहादुर शाह लगायतका दर्जनौँ नेताहरूले सम्बोधन गर्दै नेतृत्वको रक्षा र गुटगत राजनीतिको प्रतिवाद गर्ने बताएका थिए।

आइतबार, जेठ १०, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.