धनगढी २ जेठ/धनगढीको सेती प्रादेशिक अस्पतालको पार्किङ स्थलमा पार्किङ गरेर राखिएको स्कार्पियो गाडीमा आगलागी हुँदा गाडी पूर्ण रूपमा नष्ट भएको छ।
बागमती प्रदेश ०१–०२७ च ००७४ नम्बरको स्कार्पियो गाडीमा अचानक आगो लागेको प्रहरीले जनाएको छ। आगलागीपछि गाडी पूर्ण रूपमा जलेर क्षति भएको बताइएको छ। आगो लाग्नुको कारण भने खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।