• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीमा ६.४६ किलोमिटर सडक कालोपत्रे हुदै

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र एवं अस्थायी राजधानी धनगढीमा एसियन विकास बैङ्क (एडिबी) को सहयोगमा चार वटा सडक बनिरहेको छ । क्षेत्रीय सहरी विकास आयोजनामार्फत यहाँ ६.४६ किलोमिटर सडक बन्न लागेको हो । आयोजना कार्यान्वयन एकाइ धनगढीका अनुसार धनगढीगाउँ–बेली रोड (३.८२९ किलोमिटर), पार्कमोड सडक, उपमहानगरपालिका–राष्ट्र बैङ्क–ग्यालेक्सी स्कुल रोड (०.७९६ किलोमिटर) को निर्माण भइरहेको छ । यसै गरी पुरानो गोबरग्यास रोड (०.८४० किलोमिटर) र पुरानो हसनपुर–युएन सडक (एक किलोमिटर) निर्माण भइरहेको क्षेत्रीय परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २०२५ डिसेम्बर अन्तिममा चार वटै सडकको संयुक्त रूपमा ३१ करोड २७ लाख ४५ हजार रुपियाँमा ठेक्का लागेको थियो । धनगढीकै केएस कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएर काम गरिरहेको छ । चार वटै सडकको निर्माण समयावधि १५ महिना रहेको इन्जिनियर कलौनीले बताउनुभयो । नाली, फुटपाथसहितको सडक बन्ने जनाइएको छ ।

कृषि सडकका रूपमा चिनिएको धनगढीगाउँ–बेली रोडको निर्माण धमाधम भइरहेको छ । धनगढी उपमहानगरपालिकाका अनुसार प्रदेश, सङ्घीय सरकार र क्षेत्रीय सहरी विकास आयोजनामार्फत तीन छुट्टाछुटटै ठाउँमा यो सडक बनिरहेको छ । प्रदेश सरकारको लगानीमा दुई सय मिटर कालोपत्रे सडक बनिसकेको छ । सङ्घीय सरकारको लगानीमा पनि त्यत्ति नै सडक निर्माण भइरहेको धनगढी उपमहागरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले बताउनुभयो । यसै गरी एडिबीको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनामार्फत ३.८ किलोमिटर सडक निर्माण भइरहेको उहाँको भनाइ छ ।

निर्माणाधीन यो सडक बिग्रेको कैयौँ वर्षसम्म नबनाइँदा स्थानीयले सास्ती खेप्दै आएका थिए । सडक बनेपछि राम्रो हुने धनगढी उपमहानगरपालिका–८ का रमेश चौधरीले बताउनुभयो । उहाँले सडक बनेपछि दैनिक दुध बोकेर धनगढीमा बिक्री गर्न आउजाउ गर्ने दक्षिणी क्षेत्रका कृषकलाई धेरै सहज हुने उल्लेख गर्नुभयो ।

शनिबार, जेठ ०२, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.