• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाल ‘ए’ क्रिकेट टोलीले अमेरिकासँगको एक दिवसीय अभ्यास खेलमा रोमाञ्चक जित निकाले सँगै शृङ्खला क्लिन स्वीप

काठमाडौं, २८ वैशाख /  नेपाल ए क्रिकेट टोलीले अमेरिकासँगको अभ्यास एकदिवसीय खेलमा रोमाञ्चक जित हासिल गरेको छ । सोमबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ए ले ७ रनको रोमाञ्चक जित निकालेको छ ।

नेपाल ए ले दिएको २६५ रनको लक्ष्य पछ्याएको अमेरिका ४९.१ ओभरमा २५७ रनमा अलआउट भयो । शेहान जयसूर्याले ७१ रन बनाए भने शुभम रन्जानेले ४७ तथा शयान जहांगिरले ४१ रन बनाए ।

अमेरिकालाई अन्तिम ओभरमा ९ रन आवश्यक थियो र अन्तिम विकेट मात्र बाँकी थियो । स्ट्राइकमा सेट ब्याटर शेहान जयसूर्या थिए । पहिलो बल शेरले वाइड फाले भने दोस्रो बलमा शेहान ठूलो शट खेल्ने क्रममा लङअनमा क्याच आउट भए ।

नेपालका लागि शेर मल्लले ७.१ ओभरमा ३० रन दिएर ४ विकेट लिए । बसिर अहमदले ३ तथा शाहब आलम र पवन सर्राफले १-१ विकेट लिए । एक विकेट भने रनआउटबाट थियो । यस हिसाबले नेपाली स्पीनरले ९ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ए ४९.५ ओभरमा २६४ रनमा अलआउट भएको थियो । सन्दीप जोराले शतक प्रहार गरे । जोराले ११५ बलमा ९ चौका र ४ छक्कासहित १११ रन बनाए । बसिर अहमदले ३८, मयन यादवले २४ तथा पवन सर्राफले २० रन बनाए ।

नेपाल ९७-४ को अवस्थामा हुँदादेखि जोरा र बसिर मिलेर ९९ रनको साझेदारी गरेका थिए ।

अमेरिकाका लागि सौरभ नेत्रभल्करले ८ ओभरमा २१ रन मात्र दिएर ३ विकेट लिए । जसदीप सिंह, शुभम रन्जाने, मोहम्मद मोहसिन, मिलिन्द कुमार र रुसिल उगारकरले १-१ विकेट लिए ।

नेपालले यसअघि स्कटल्यान्डसँगको दुवै अभ्यास खेल जितेेको थियो भने अमेरिकालाई पनि पहिलो अभ्यास खेलमा हराएको थियो ।

सन्दिप जोरा लयमा

सन्दीप जोराले नेपाल ए बाट पछिल्लो समय राम्रो लय देखाएका छन् । उनले यसअघि स्कटल्यान्डसँगको खेलमा पनि ८३ रनको अविजित स्कोर बनाएका थिए । उक्त खेलमा वर्षा बाधक बनेपनि डीएल पद्धति अनुसार नेपाल विजयी भएको थियो । यद्यपी जोराले शतक भने मिस गरे । तर आज भने उनले त्यही लय दोहोर्‍याउँदै शतक प्रहार गरे ।

जोराले त्यसअघि अमेरिका विरुद्ध ३६ अनि स्कटल्यान्डविरुद्ध ३४ रन बनाएका थिए । सुरुका दुई खेलमा इनिङ ठूलो बनाउन नसकेपनि जोराले बाँकी दुई खेलमा भने राम्रो लय देखाउँदै अर्धशतक अनि शतक प्रहार गरेका हुन् ।

जोराले टिमका लागि योगदान दिन पाउँदा खुसी लागेको बताएका छन् । ‘रन लागिरहेको पनि छ, सबैले राम्रो खेलिरहेका छन् । योगदान दिन पाउँदा खुसी छु’ जोराले भने ।

नेपाल ए को क्लिन स्वीप

नेपाल ए ले जारी शृङ्खला क्लिन स्वीप समेत गरेको छ । नेपालले स्कटल्यान्ड र अमेरिका दुवैलाई हरायो । पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई ४५ रनले पराजित गरेको थियो । दोस्रो खेलमा अमेरिकालाई ३ विकेटले पराजित गर्‍यो ।

यस्तै तेस्रो खेलमा नेपाल ए ले स्कटल्यान्डमाथि डीएल पद्धति अनुसार ९ रनको जित हासिल गरेको थियो । नेपालले यसअघि ओमानलाई पनि एक खेलमा हराएको थियो।

सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.