• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एमालेसँगको सत्ता सहकार्य तत्काल टुट्दैन : कांग्रेस सभापति थापा

धनगढी, २६ वैशाख नेपाली कांग्रेसका सभापति गगन थापाले एमालेसँगको सत्ता सहकार्य तत्काल नटुट्ने बताएका छन्। प्रदेशहरुमा एमाले कांग्रेसको समिकरण टुट्नेबारे चर्चा चलिरहेका बेला ‘जरा अभियान’ अन्तर्गत कैलालीको धनगढीमा सभापति थापाले अहिलेको राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेक अर्को सरकार बन्ने अवस्था नरहेको बताए।

उनले एमाले नेतृत्वसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै सरकारको नीति तथा कार्यक्रम तथा बजेटबारे पनि संवाद जारी रहेको बताए। प्रदेश सरकारहरू ठीक ढंगले चल्नुपर्नेमा उनले जोड दिए।

मधेश प्रदेशमा समेत नेकपासहित छलफल भइरहेको जानकारी उनले दिए। थापाले कांग्रेस कार्यकर्तालाई पराजित मानसिकताबाट बाहिर निस्केर नयाँ जिम्मेवारी र सोचसहित अघि बढ्न आग्रह गरे। पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता–कार्यकर्तालाई केही समय जिम्मेवारीबाट बाहिर राखिने चेतावनी पनि उनले दिए।

‘नेतासँग असन्तुष्टि हुन सक्छ, तर कांग्रेसको टिकट लिएर चुनावमा उठेको उम्मेदवारलाई भोट हाल्दिन भन्न पाइँदैन, ’ उनले भने, ‘त्यस्तो गतिविधिमा संलग्न देखिएकामाथि कारबाही हुन्छ। ’ उनले यसपटक करिब १० लाख कांग्रेस मतदाताले पार्टीलाई भोट नदिएको दाबी गर्दै कांग्रेस भूमिकाविहीन नभएको स्पष्ट पारे। ‘हामी हा¥यौं भनेर जिम्मेवारीबाट भाग्न मिल्दैन, ’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी लाई पाँच वर्ष सरकार चलाउने जनादेश प्राप्त भएको उल्लेख गर्दै उनले कांग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने बताए। ‘हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ,’ उनले भने।

सुशासनका सन्दर्भमा सरकारले गरेका सकारात्मक प्रयासलाई समर्थन रहने तर शक्ति र सत्ताको आडमा लोकतन्त्र नियन्त्रण गर्न खोजिए कांग्रेस ‘सतीसाल’झैं उभिने उनले बताए। थापाले अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी समस्यामा राज्य संवेदनशील हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘सनकको भरमा डोजर चलाउन हुँदैन, उनीहरूको पनि आत्मसम्मान हुन्छ, ।’

कार्यक्रममा उनले शेरबहादुर देउवा सहित कांग्रेसका पूर्व सभापतिहरूको योगदानसमेत स्मरण गरेका थिए। सभापति थापाले सबैलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास भइरहेको बताए।

निर्वतमान सभापति देउवाको स्वास्थ्य लाभको कामना गर्दै पछिल्लो समय आफूहरूबीच संवाद नभएको उनले बताए।थापाले चुनावअघि बनेको गठबन्धन नगर्न आफूले सुझाव दिएको तर तत्कालीन सभापति देउवाले नमानेको बताए।

उनले ‘जेनजी आन्दोलन’ अघिल्ला दिनहरूसम्म पनि सरकार छाड्नेदेखि अन्य विभिन्न सुझाव दिएको तर त्यो पनि कार्यान्वयन नभएको स्मरण गरे।पार्टीका नेताहरूसँग छलफल गरेर सबैलाई जोडेर लैजाने तयारी भइरहेको समेत उनले बताए।

शनिबार, बैशाख २६, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.