धनगढी, ९ बैशाख/कैलालीको गौरीगंगा र कैलारीमा दुई दिन राति विद्युत अवरुद्ध हुनेभएको छ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले ग्रिड सब–स्टेशनमा अटोमेसन कार्यका कारण दुई दिन रातिको समयमा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणका अनुसार मिति २०८३ बैशाख ९ र १० गते (बुधबार र शुक्रबार) ग्रिड सब–स्टेशनमा अटोमेसन आयोजना (फेज–२) अन्तर्गत पहलमानपुर सब–स्टेशनमा काम सञ्चालन गरिनेछ । उक्त कार्यका कारण त्यहाँबाट प्रशारण हुने ११ के.भी. मसुरिया, ३३ के.भी. चौमाला र बसन्ती प्रसारण लाइन प्रभावित हुने सुचना जारी जानकारी दिएको छ ।
यस अवधिमा राति १०ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म गौरीगंगा नगरपालिका तथा कैलाली गाउँपालिकाका विभिन्न स्थानमा विद्युत सेवा बन्द रहने जनाइएको छ । कामको प्रकृतिअनुसार निर्धारित समयभन्दा अगाडि वा पछि पनि सेवा सञ्चालन हुन सक्ने जनाएको छ ।