• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पहिलो संसद अधिवेशनमा सकियो, एक शब्द पनि बोलेनन् प्रधानमन्त्री शाह

काठमान्डौं, २८ चैत /   जेनजी आन्दोलनको बलमा भएको प्रतिनिधिसभा निर्वाचनपछि करिब दुई-तिहाइ बहुमतको सरकार नेतृत्व गरिरहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले संसदको पहिलो अधिवेशनमा के बोल्छन् भन्ने धेरैको चासो थियो। तर निर्वाचनपछिको पहिलो संसद अधिवेशनमा प्रधानमन्त्री शाहको एक शब्द सुनिएन।

प्रतिनिधिसभा भनेको जनताले मत हालेर पठाएका सांसदहरूले जनताको आवाज उठाउने सभा हो। संसदीय व्यवस्थामा सांसदहरूकै मतबाट प्रधानमन्त्री चुनिने हुँदा उनी संसदप्रति जबाफदेही हुन्छन्। संविधानको धारा ७६ को उपधारा १० मा प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक रूपले संघीय संसदप्रति उत्तदायी हुनुपर्ने व्यवस्था गरिएको छ।

यस अनुसार निर्वाचनपछि आउने प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्दै सरकारको प्राथमिकता, मूल्य(मान्यता र नीतिहरूबारे जानकारी गराउने अभ्यास छ। यो बाध्यकारी व्यवस्था नभए पनि विगतमा निर्वाचनपछि प्रधानमन्त्रीहरूले संसदलाई सम्बोधन गर्दै आएका थिए।

नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहले भने शुक्रबार अन्त्य भएको संसदको पहिलो अधिवेशनभरि आफूजस्तै देशका विभिन्न क्षेत्रबाट निर्वाचित सांसदसमक्ष सरकारको नीति र मूल्य-मान्यताबारे बताउन आवश्यक ठानेनन्।

यसबीच चैत १३ गते गठन भएको बालेन सरकारले आगामी १०० दिनमा पूरा गर्ने शासकीय सुधारका १०० कार्यसूची पारित गरेर सार्वजनिक गरिसकेको छ। उक्त कार्यसूचीमा नयाँ कानुन बनाउने र पुरानो कानुन संशोधन गर्नेजस्ता कतिपय काम संसदबाटै गर्नुपर्नेछ। यसको निम्ति उनले सांसदहरूको साथ लिएरै अघि बढ्नुपर्नेछ।

तर प्रधानमन्त्री बालेनले पहिलो मन्त्रिपरिषद बैठकबाट पारित सरकारको कार्यसूची संसदमा टेबलसम्म गराएनन्। त्यसलाई औपचारिक रूपले संसदको नोटिसमा ल्याएनन्। उनीजस्तै निर्वाचित सांसदहरूले सञ्चार माध्यममा आएका विवरण हेरेर नै सरकारको सयदिने कार्यसूची र त्यसका प्राथमिकताबारे थाहा पाउनुपर्‍यो।

संसदीय व्यवस्थाका जानकारहरू प्रधानमन्त्री यसरी संसदमा नबोल्नुलाई, अनौठो मान्छन्।

संघीय संसद सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईका अनुसार सामान्यतया आमनिर्वाचनपछिको पहिलो संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ। उक्त परम्परा विपरीत संसद अधिवेशनभरि प्रधानमन्त्री बालेन मौन रहेकामा उनले आश्चर्य व्यक्त गरे।

अनौठो भयो। उहाँले किन संसदमा बोल्न अनावश्यक ठान्नुभएन होला भन्ने लागेको छ, भट्टराईले सेतोपाटीसँग भने, सामान्यता निर्वाचित भएपछि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने परम्परा थियो। सरकारको नीति र आगामी कार्यक्रमबारे वक्तव्य दिने चलन थियो। तर यसपटक त्यस्तो देखिएन।

प्रधानमन्त्रीले बोल्न नचाहेका भए लिखित रूपमा भए पनि मन्तव्य दिन सक्ने भट्टराई बताउँछन्। कोही बोल्न रूचाउने हुन्छन्, कोही बोल्न रूचाउँदैनन्, भट्टराईले भने, देशको प्रमुख कार्यकारीले देशबासीलाई आश्वस्त गर्नु र साथीहरूलाई जानकारी गराउनु दायित्वभित्रै पर्ने कुरा हो। उहाँले किन त्यसको आवश्यकता देख्नुभएन, थाहा भएन।

राष्ट्रियसभाका पूर्वसचिव राजेन्द्र फुयाँल पनि संसदीय व्यवस्थामा सरकार संसदमार्फत् जनताप्रति उत्तरदायी हुनुपर्ने बताउँछन्।

राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशनमा सम्बोधन गर्ने भनेर संविधानमै लेखिएको हुन्छ, फुयाँलले भने, प्रधानमन्त्रीले पनि सम्बोधन गर्ने अभ्यास छ।

निर्वाचनबाट आएका प्रधानमन्त्रीले संसद अधिवेशन चालु रहेका बेला संसदबाटै आफ्ना प्राथमिकताबारे प्रस्ट पार्न उचित हुने उनी बताउँछन्। चुनावपछि निर्वाचित प्रधानमन्त्रीले संसदमा सम्बोधन नगरेको विषय आफ्नो सम्झनामा नरहेको उनको भनाइ छ।

निर्वाचनपछि आउने प्रधानमन्त्रीले संसदमा सम्बोधन नगरेको सम्झना छैन, फुयाँलले भने, सरकारले संसद अधिवेशन चलेका बेला सबै विषय संसदमै जानकारी गराउनुपर्छ।

विगतमा प्रधानमन्त्रीहरूले संसद अधिवेशन चालु रहेको अवस्थामा राष्ट्रका नाममा टेलिभिजनबाट सम्बोधन गर्ने त्रुटिपूर्ण अभ्यास पनि भएका थिए, फुयाँलले भने, यो सरकारले त्यस्ता अभ्यास सच्याउनुपर्ने थियो। प्रधानमन्त्रीले सरकारका प्राथमिकता के हो, नीति के हो भनेर संसदमार्फत् जनतालाई बताउनुपर्ने थियो।

फागुन २१ को निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठक चैत १९ गते बसेको थियो। पहिलो अधिवेशन सुरू हुनुअघि नै चैत १३ गते प्रधानमन्त्री शाहले राष्ट्रपतिसमक्ष शपथग्रहण गरेका थिए।

नौ दिन चलेको यो अधिवेशनमा ६ वटा बैठक बसेका थिए। यी बैठक १० घन्टा ५० मिनेट चलेको थियो।

शनिबार, चैत २८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.