धनगढी २५ चैत/नेपाल सरकार अन्तर्गत स्वास्थ्य बीमा बोर्ड, सम्पर्क शाखा कार्यालय धनगढी, कैलालीले स्वास्थ्य बीमा कार्यक्रममा उल्लेखनीय योगदान पुर्याएको भन्दै एक जना दर्ता सहयोगीलाई प्रशंसा–पत्र प्रदान गरेको छ।
आर्थिक वर्ष २०७९/०८० मा कैलाली जिल्लाभित्र कार्यरत दर्ता सहयोगीहरूमध्ये सबैभन्दा बढी स्वास्थ्य बीमा वापतको योगदान संकलन गर्न सफल भएको मूल्यांकनका आधारमा कैलालीको लम्कीका कर्णप्रसाद रेग्मीलाई उक्त सम्मान प्रदान गरिएको हो।
स्वास्थ्य बीमा दिवसको अवसर पारेर प्रदान गरिएको उक्त प्रशंसा–पत्रमार्फत सम्बन्धित व्यक्तिको कार्यप्रति उच्च कदर व्यक्त गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन योगदान जारी राख्ने अपेक्षा गरिएको स्वास्थ्य बीमा बोर्डका सुदूरपश्चिम प्रदेश संयोजक जनक साउदले जानकारी दिएका छन्।
कार्यक्रममा जिल्ला संयोजक दीपक बिष्ट, प्रमुख अतिथि डा. हेमराज रेग्मी तथा प्रदेश संयोजक जनक बहादुर साउदलगायतको उपस्थिति रहेको थियो।