• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा कुन दलले कहाँ जिते (यस्तो छ अवस्था)

कैलाली, २६ फागुन / सुदूरपश्चिममा २०७९ सालको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फको सिट सङ्ख्यामा २०८२ मा उलटपुलट भएको छ । २०७९ को निर्वाचनमा प्रत्यक्षमा ८ सिट सहित पहिलो बनेको नेपाली कांग्रेस ५ सिट गुमाउँदै दोस्रो बन्न पुगेको छ ।

सुदूरपश्चिमका १६ सिट मध्ये १० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी हुँदा त्यसको सबैभन्दा बढी क्षति नेपाली कांग्रेसलाई पुगेको छ । २०७९ को निर्वाचनमा कांग्रेसले दार्चुला, बाजुरा, अछाम २, डडेल्धुरा, कञ्चनपुर २, कञ्चनपुर ३, कैलाली ४ र कैलाली ५ मा चुनाव जितेको थियो । २०८२ मा आउँदा कांग्रेसले २०७९ मा जितेको बाजुरा बाहेक सबै ठाउँमा कांग्रेस पराजित भएको छ भने नयाँ क्षेत्र अछाम १, डोटीमा कांग्रेसले जित निकालेको छ । यसरी कांग्रेसले पुरानो जितेका ७ क्षेत्र गुमाउँदा पुरानो एक सहित २ नयाँ क्षेत्रमा जित्दै तीन सिटमा सीमित भएको छ ।

अघिल्लो निर्वाचनमा जितेर यस पटक कांग्रेसले गुमाएका ७ मध्ये २ क्षेत्र एमालेले खोसेको छ भने ५ क्षेत्र रास्वपाले खोसेको छ । एमालेले यसअघि कांग्रेसले जितेका दार्चुला र अछाम २ मा जिते निकालेको हो भने रास्वपाले कांगेसले यसअघि जितेका डडेल्धुरा, कञ्चनपुर २, कञ्चनपुर ३, कैलाली ४ र कैलाली ५ मा जित निकालेको छ ।

दार्चुलामा एमालेका गणेश सिंह ठगुन्ना अघिल्लो हारको बदला लिँदै विजयी भएका छन् । उनी अघिल्लो निर्वाचनमा कांग्रेसका दिलेन्द्र प्रसाद बडू सँग पराजित भएका थिए । अहिले ठगुन्नाले कांगेसका धर्मानन्द जोशीलाई हराउँदै जित हात पारेका छन् ।

अछाम २ मा पनि अघिल्लो निर्वाचनमा कांग्रेसका पुष्पबहादुर शाह सँग पराजित भएका एमालेका यज्ञबहादुर बोगटीले यस पटक बदला लिँदै जित हात परेका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस पुष्पबहादुर शाह २२ मत ९५४ मत ल्याएर विजयी हुँदा एमाले यज्ञबहादुर बोगटी १६ हजार ११४ मत ल्याएर पराजित भएका थिए । यस पटक भने शाहको भन्दा ४७२ मत बढी ल्याएर बोगटी निर्वाचित भएका छन् ।

कांग्रेसले गुमाएका डडेल्धुरा, कञ्चनपुर २, कञ्चनपुर ३, कैलाली ४ र कैलाली ५ मा यस पटक रास्वपा विजयी हुँदा डडेल्धुरा बाहेकका क्षेत्रमा कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले रहेको थियो । डडेल्धुरामा भने स्वतन्त्र उम्मेदवार सागर ढकाल मुख्य प्रतिस्पर्धी थिए ।

अघिल्लो निर्वाचनमा २ सिट जितेर सुदूरपश्चिममा प्रत्यक्षतर्फ चौथो बनेको नेकपा एमालेले भने यस पटक एक सिट थपेर तेस्रो बनेको छ । यद्यपि अघिल्लो निर्वाचनमा जितेका दुवै क्षेत्र भने एमालेले गुमाएको छ । दुवै क्षेत्रमा एमालेले पुरानै उम्मेदवारलाई निरन्तरता दिएको थियो ।

एमालेले २०७९ को निर्वाचनमा बैतडी र कञ्चनपुर १ मा जित निकालेको थियो । यस पटकको निर्वाचनमा भने एमालेले दुवै क्षेत्र गुमाएको छ । एमालेले गुमाएका दुवै क्षेत्रमा रास्वपाले झण्डा गाडेको छ ।

बैतडीमा एमालेबाट अघिल्लो निर्वाचनमा जित निकालेका दामोदर भण्डारी यस पटक पराजित हुन पुगेका छन् । अघिल्लो निर्वाचनमा ३३ हजार ६११ मत सहित विजयी भएका भण्डारीले यस पटक १७ हजार ९१ मत ल्याएर तेस्रो भए । यहाँबाट रास्वपाका हरिमोहन भण्डारी २२ हजार १ सय ३४ मत ल्याएर विजयी भएका छन् । कञ्चनपुर ३ मा एमालेबाट अघिल्लो निर्वाचनमा जित निकालेका तारा लामा पनि पराजित हुन पुगेका छन् । तामाङ अघिल्लो निर्वाचनमा २४,९४३ मत सहित विजयी भएका थिए । यस पटक भने उनी ८ हजार ४६७ मत सहित तेस्रो भएका छन् । यहाँबाट रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मत ल्याएर विजयी भएका छन् ।

अघिल्लो निर्वाचनमा जितेका २ क्षेत्र गुमाउँदा एमाले प्रदेशका नयाँ ३ क्षेत्रमा आफ्नो झण्डा गढ्न सफल भएको छ । एमालेले बझाङ, अछाम १ र दार्चुलामा जित निकालेको छ ।

बझाङमा एमालेका ऐन महर विजय भएका छन् । उनी अघिल्लो निर्वाचनमा कांग्रेसका दिलेन्द्र प्रसाद बडू सँग पराजित भएका थिए । अघिल्लो हारको भरपाई गर्दै यस पटक कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ लाई पराजित गर्दै महर विजयी भएका हुन ।

अछाम २ मा एमालेका यज्ञ बहादुर बोगटी निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेस पुष्पबहादुर शाह सँग पराजित भएका बोगटी यस पटक हारको बदला लिँदै विजयी भएका छन् । अघिल्लो निर्वाचनमा शाह २२ हजार ९५४ विजयी हुँदा बोगटी १६ हजार ११४ मत ल्याएर पराजित भएका थिए । यस पटक बोगटी ९ हजार ५१८ मत ल्याएर विजयी हुँदा शाह ९ हजार ४६ मत ल्याएर पराजित हुन पुगे ।

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी भएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसका दिलेन्द्र प्रसाद बडू सँग पराजित भएका ठगुन्ना यस पटक कांग्रेसका धर्मानन्द जोशीलाई पराजित गर्दै विजयी भएका छन् । ठगुन्ना १८ हजार ८९१ मत ल्याउँदै विजयी हुँदा जोशीले १५ हजार ८३६ मत ल्याएर पराजित भएका छन् ।

अघिल्लो निर्वाचनमा सुदूरपश्चिमबाट ६ क्षेत्रमा जितेका सांसदको शक्ति मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै क्षेत्र गुमाएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र नेता भीम रावलको समूह मिलेर बनेको नेकपामा अघिल्लो निर्वाचनबाट जितेका ६ प्रतिनिधि सभा सांसद रहेका थिए ।

जसमा नेकपा एकीकृत समाजवादीबाट जितेका ३ र नाउपाबाट जितेका ३ सांसद रहेका थिए । जसमध्ये ३ क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), २ क्षेत्र नेपाली कांग्रेस र १ क्षेत्र नेकपा एमालेले खोसेको छ ।

नेकपामा मिसिएको तत्कालीन नेकपा एकीकृत समाजवादीले बझाङ, डोटी र अछाम १ मा चुनाव जितेको थियो ।

बझाङमा नेकपा एकीकृत समाजवादीबाट भानुभक्त जोशी विजयी भएका थिए । यस क्षेत्रमा यस पटकको निर्वाचनमा नेकपाले मीन बहादुर कुँवरलाई उम्मेदवार बनाएकोमा उनी तेस्रो भएका छन् । यहाँ एमालेका ऐन महर विजयी भएका छन् ।

डोटीमा नेकपा एकीकृत समाजवादीबाटबाट प्रेमबहादुर आले विजयी भएका थिए । यस क्षेत्रमा यस पटकको निर्वाचनमा नेकपाले पूर्व मुख्यमन्त्री समेत रहेका त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको थियो । यहाँबाट नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी हुँदा भट्ट चौथोमा सीमित बने । यस क्षेत्रबाट यसअघि चुनाव लडेका प्रेम आले यस पटक कैलाली ५ बाट चुनाव लडेका थिए । उनी पनि तेस्रो भए ।

अछाम १ मा नेकपा एकीकृत समाजवादी शेरबहादुर कुँवर विजयी भएका थिए । यस पटक नेकपाले यस क्षेत्रमा डा. भीम रावललाई उम्मेदवार बनाएको थियो । यहाँबाट नेपाली कांग्रेसका भरत कुमार स्वार विजयी हुँदा रावल दोस्रोमा सीमित भए ।

कैलाली १, २ र ३ मा नाउपा विजयी भएको थियो । यी तीन वटै यस पटक क्षेत्रमा रास्वपा विजयी भएको छ । अघिल्लो निर्वाचनमा कैलाली १ बाट नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ नै विजयी भएकी थिइन । यस पटक नेकपाले राम लाल डगौरा थारुलाई उम्मेदवार बनाएको थियो । उनी तेस्रो हुँदा रास्वपाकी कोमल ज्ञवाली विजयी भएकी छिन ।

कैलाली २ मा नाउपाका अरुण कुमार चौधरी विजयी भएका थिए । यस पटक नेकपाले नन्द बहादुर साउँदलाई उम्मेदवार बनाएको थियो । यस क्षेत्रबाट रास्वपाका केपी खनाल विजयी हुँदा साउँद पाँचौँ भए ।

कैलाली ३ मा नाउपाका गंगाराम चौधरी विजयी भएका थिए । यस पटक नेकपाले विरमान चौधरिलाई उम्मेदवार बनाएको थियो । यहाँबाट रास्वपाका जगत प्रसाद जोशी निर्वाचित हुँदा चौधरी दोस्रोमा सीमित भए ।

यद्यपि नाउपा नेकपामा समाहित भएको भनिए पनि त्यसका संरक्षक रहेका रेसम चौधरी सहितको ठुलो शक्तिले भने नाउपा नेपाल छुटै पार्टी गठन गरेर चुनाव लडेको थियो । नेकपाले यसअघि जितेका क्षेत्र गुमाए पनि थप क्षेत्रमा जित्न नसक्दा यस पटक सुदूरपश्चिममा शून्य भएको छ ।

मङ्गलबार, फागुन २६, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.