• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

इरानका सर्वोच्च नेता खामेनीईको मृत्यु, ७ दिन सार्वजनिक बिदा, ४० दिने शोक घोषणा

एजेन्सी, १७ फागुन/अमेरिकी आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेनईको मृत्यु भएको पुष्टि भएको छ ।इरानी सरकारी टेलिभिजनले खामेनीईको मृत्युको पुष्टि गरेको हो ।उनको शोकमा सरकारले देशव्यापी रूपमा ४० दिने सार्वजनिक शोकको घोषणासमेत गरेको छ ।

यसअघि नै इरानी सञ्चारमाध्यमले खामेनीको मृत्युको खबर सार्वजनिक गरे तापनि, उनी कसरी मारिए भन्नेबारे विस्तृत विवरण भने अझै खुलाइएको छैन ।

४० इरानी अधिकारी मारिएको दाबी

एक अमेरिकी गुप्तचर स्रोत र एक सैन्य स्रोतले सीबीएस न्यूजलाई बताएअनुसार, अमेरिका र इजरायलको संयुक्त आक्रमणमा परी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईसहित करिब ४० जना इरानी अधिकारी मारिएको बीबीसीले जनाएको छ । ती अधिकारीहरू एउटै स्थानमा थिए वा फरक–फरक स्थानमा थिए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन ।

स्रोतहरूका अनुसार, मारिनेहरूमा इरानका सर्वोच्च नेता अली खामेनेई, इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका कमान्डर तथा रक्षामन्त्रीसमेत रहेका छन् । यसअघि इजरायलले अन्य सातजना उच्च अधिकारीहरूको पहिचान गर्दै उनीहरूलाई मारेको दाबी गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बमबारी जारी रहने बताउँदै भनेका थिए, “इरानी जनताका लागि आफ्नो देश फिर्ता लिने यो नै सबैभन्दा ठूलो र एकमात्र अवसर हो ।” जवाफमा इरानले मध्यपूर्वका विभिन्न स्थानमा आक्रमणहरू सुरु गरेको थियो । अमेरिकी सैन्य अड्डा रहेका वा अमेरिकासँग निकट सम्बन्ध भएका दुबई, दोहा, बहराइन र कुवेतमा इरानी प्रहार भएको रिपोर्ट प्राप्त भएको छ । रेड क्रिसेन्टका अनुसार इरानभर अहिलेसम्म २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

इरानी नौसेनालाई ‘नष्ट’ गर्ने अमेरिकी रक्षा मन्त्रीको चेतावनी

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले ‘इरानी नौसेना नष्ट गरिने’ चेतावनी दिएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा निर्धारित लक्ष्य प्राप्त गर्न अमेरिकी सैन्य बललाई पूर्ण रूपमा परिचालन गरिएको समेत बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै हेगसेथले अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि इरानले गरेको प्रतिशोधात्मक आक्रमणमा अमेरिकीहरूलाई निशाना बनाउने शक्तिशाली मिसाइलहरू वासिंगटनले नसहने बताए । उनले भनेका छन्, “ती मिसाइलहरूका साथै इरानको मिसाइल उत्पादन केन्द्रहरू पनि नष्ट गरिनेछन् । इरानी नौसेनालाई ध्वस्त पारिनेछ ।”

आइतबार, फागुन १७, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.