• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डडेल्धुरामा देउवा उम्मेदवार नबन्दा प्रतिस्पर्धी दलहरूमा एक उत्साह

धनगढी, ९ फागुन  /  प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसार तीव्र हुँदै गएको छ । उम्मेदवारहरू चुनाव प्रचार अभियानमा सक्रिय देखिन्छन् भने मतदातामा पनि केही संशय, केही आशा र केही विश्वास पाइन्छ । २०४८ साल यता हरेक संसदीय निर्वाचन दुई वटा संविधान सभा निर्वाचनसहितमा डडेलधुराबाट निरन्तर निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यस पटक प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका छैनन् । देउवाले कांग्रेसको गढका रूपमा स्थापित गरेको यो जिल्लाले ३४ वर्षपछि देउवाविहीन चुनाव सामना गर्दैछ ।

निरन्तर निर्वाचित हुँदै आएका देउवा उम्मेदवार नबन्दा प्रतिस्पर्धी दलहरूमा एक प्रकारको उत्साह देखिन्छ भने कांग्रेसलाई यो जिल्लामा आफ्नो गढ कायम राख्न चुनौती बढेको छ ।

डडेलधुराकै गन्यापधुरा गाउँपालिका–१ निवासी परिदत्त अवस्थी एक सामान्य मतदातामात्र होइनन्, कुनै बेला नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’को जिल्ला सदस्य भएर काम गरेका पात्र पनि हुन् । ०५६ सालमा आफू नेपाल विद्यार्थी संघको जिल्ला सदस्य रहँदा नैनसिंह महर जिल्ला सभापति रहेको अवस्थीले बताए ।महर अहिले डडेलधुरामा नेपाली कांग्रेसको उम्मेदवार छन् । यद्यपि अवस्थीलाई महरप्रति न सहानुभूति छ, न त कुनै समय आफू सक्रिय राजनीतिमा सामेल रहेको कांग्रेसप्रति नै । यद्यपि शेरबहादुर देउवाप्रति आफ्नो सम्मान भाव रहेको उनी बताउँछन् ।

‘देउवा हुँदा केही न केही बजेट डडेलधुराले बढी नै पाउँथ्यो,’ उनले भने, ‘उहाँ नहुँदा यहाँको विकास निर्माणका काममा स्वाभाविक रूपले प्रभाव पर्छ ।’
अवस्थी पेसाले चालक हुन् । सार्वजनिक यातायातका चालक रहेका उनलाई राजनीतिमा उत्तिकै चासो छ । देशको अवस्थाप्रति उनी चिन्तित छन् । अवस्था बदलिनेमा उनलाई विश्वास पनि छ । यसका लागि मतदाता आफैँ सचेत हुनुपर्ने उनी बताउँछन् ।

‘शेरबहादुर देउवा नै उम्मेदवार भइदिएको भए मैले निःसङ्कोच उहाँलाई नै भोट दिनुपर्थ्यो होला । उहाँलाई म सम्मान पनि गर्छु,’ अवस्थीले भने, ‘उहाँ उम्मेदवार नहुनु नै मेरालागि विकल्पको ढोका खुला हुनु हो ।’

‘शेरबहादुर देउवालाई भोट दिने तर त्यही पार्टीको अर्को उम्मेदवारलाई चाहिँ किन नदिने रु’ अवस्थीलाई प्रश्न गरियो । जबाफमा उनले भने, ‘देउवालाई भोट दिनुको धेरै कारण छन् । उहाँकै नाम, प्रतिष्ठाका कारण हामी डडेलधुरावासीमात्र नभएर सुदूरपश्चिमवासीले नै अहिलेसम्म गर्व गर्न पाएका थियौँ । उहाँ सुदूरपश्चिमको मात्र नभएर यो देशकै एक प्रमुख नेता हुनुहुन्थ्यो र उहाँकै क्षेत्रका मतदाताका रूपमा हामी गर्व गर्न सक्थ्यौँ ।’

अब कांग्रेसमा देउवाजत्तिकै राजनीतिक उचाइ भएका सुदूरपश्चिमेली नेता नदेखिएको अवस्थी बताउँछन् । ‘देउवालाई भोट दिनु र अरूलाई दिनुमा धेरै फरक हुन्छ,’ उनले भने, ‘देउवाले हामीसँग भोट नमागे पनि दिन मन लाग्थ्यो, तर उहाँ उम्मेदवार बन्नु भएन । हामीले पनि विकल्प खोज्ने मौका पायौँ ।’

जिते पनि, हारे पनि अन्तिम पटक देउवा उम्मेदवार बनेको भए सुदूरपश्चिममा कांग्रेसले राम्रै स्थान ल्याउन सक्थ्यो भन्ने अवस्थीको बुझाइ छ । ‘देउवा हुँदा केही न केही बजेट डडेलधुराले बढी नै पाउँथ्यो,’ उनले भने, ‘उहाँ नहुँदा यहाँको विकास निर्माणका काममा स्वाभाविक रूपले प्रभाव पर्छ ।’

अवस्थी आफैँ १० वर्ष वैदेशिक रोजगारीका क्रममा मलेसियामा बसे । जीवनको अमूल्य एक दशक विदेशमा रहेर काम गर्दा पनि अहिले गुजाराका लागि गाडी चलाउनु परेको उनको गुनासो छ ।
पार्टी परिवर्तन नगरे पनि धेरैले यो निर्वाचनमा आफ्नो मत परिवर्तन गर्ने अवस्थीको दाबी छ । उनले भने, ‘तीन–साढे तीन दशकसम्म पुरानालाई हेरियो । अब पाँच वर्षका लागि नयाँलाई हेर्ने हो । तिनले केही गर्छन् कि भन्ने आश छ ।’

देशले के मागेको छ र त्यसलाई कसले पूरा गर्न सक्छ भन्ने हेक्का राखेर मतदान गर्ने अवस्थीको अठोट छ । ‘हामीलाई भ्रष्टाचारमुक्त शासन चाहिएको हो,’ उनले भने, ‘रोजगारीका अवसर स्वदेशमै सिर्जना भइदिए यहाँका युवा विदेश जानै पर्दैनथ्यो ।’

अवस्थी आफैँ १० वर्ष वैदेशिक रोजगारीका क्रममा मलेसियामा बसे । जीवनको अमूल्य एक दशक विदेशमा रहेर काम गर्दा पनि अहिले गुजाराका लागि गाडी चलाउनु परेको उनको गुनासो छ । उनले भने, ‘चालक पेसाबाट पनि खासै कमाइ हुँदैन । पाँच रोपनी जमिन छ । त्यसबाट पुग–नपुग गुजारा हुन्छ । गाडी चलाएको पैसाले बालबच्चालाई पढाउने, औषधि उपचारका लागि जोहो हुन्छ, अरू त के हुनु र रु’

आफू चालक भएकाले दैनिक नयाँ–नयाँ मान्छेसँग भेट्नुपर्ने, विभिन्न ठाउँका मानिससँग कुराकानी हुने जिकिर गर्दै अवस्थीले देउवाको अनुपस्थितिमा यो चुनाव खल्लो लागेको प्रतिक्रिया धेरै जनाले व्यक्त गरेको सुनाए ।

प्रतिनिधि सभा अन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा नेपाली कांग्रेसबाट नैनसिंह महर, नेकपा एमालेबाट चक्रप्रसाद स्नेही, नेपाली कम्युनिस्ट पार्टीबाट मानसिंह माल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ताराप्रसाद जोशी उम्मेदवार छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोविन्द खडायत, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र राज भट्ट, राष्ट्रिय जनमोर्चाबाट चक्रदेव विक, जय मातृभूमि पार्टीबाट लक्ष्मीदत्त भट्ट, श्रम संस्कृति पार्टीबाट महेन्द्र पुन मगर, आम जनता पार्टीबाट खडक बहादुर ठकुराठी उम्मेदवार छन् । यहाँ गोरखबहादुर ऐर, तीर्थराज उप्रेती र सुरेन्द्र रावलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

शनिबार, फागुन ०९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.