धनगढी, १८ माघ/अमेरिकाको न्यूयोर्कमा रहेका सुदूरपश्चिमेलीहरुको प्रमुख संस्था सुदूरपश्चिम समाज अमेरिका न्यूयोर्कको अध्यक्षमा नवीन ओझा सर्वसम्मत रुपमा निर्वाचित भएका छन्। शनिवार जनवरी ३१, २०२६ सम्पन्न समाजको साधारण सभाले ओझाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
समाजको यो नयाँ समितिले सुदूरपश्चिमेली समुदायको हितमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने अपेक्षा गरिएको छ। निर्वाचित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा रैभान महरा, उपाध्यक्षमा सविन चन्द, महासचिवमा गणेश बिष्ट, सचिवमा चक्र सिं रावल, कोषाध्यक्षमा सुनी गुरुङ र सहकोषाध्यक्षमा टेक साउँद रहेका छन्।
त्यसैगरी, सदस्यहरुमा भरत सिंह खड्का, डम्बर खत्री, लतित चन्द, किसन चौहान, चन्द्र सेखर भट्ट, मनोज कुँबर, सविता वम र बलभद्र खडायत चयन भएका छन्। यो समितिको कार्यकाल दुई वर्षको हुनेछ।
समाजका निवर्तमान पदाधिकारीहरुले नयाँ समितिलाई शुभकामना दिँदै सुदूरपश्चिमेली संस्कृति, भाषा र समुदायको उत्थानमा योगदान दिन आग्रह गरेका छन्। यो निर्वाचनले न्यूयोर्कमा रहेका सुदूरपश्चिमेलीहरुबीच एकता र सहकार्यलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।