मुक्तक
जानीजानी गल्ति भयो जाग्नु पर्छ अब,
भ्रष्टहरुले अत्ति गर्यो जाग्नु पर्छ अब।
हामी जस्तो युवा पनि पछि लाग्दै गयो भने
देश त हाम्रो सक्किने भो जाग्नु पर्छ अब।।
(१)
जटिलता लाई पटक पटक गरे पो सम्भव छ,
रातदिन तेही भनेर लडे पो सम्भव छ।
अरे, तिमी भन्थ्यौ सहजै फड्को मार्न सकिन्छ
यहाँ मात्रै सरकार ढाल्न मरे पो सम्भव छ।।
(२)
राम्रो गर्दा कुरा काट्छन् हाम्रो समाजमा,
दाई भाई दायाँबायाँ फाट्छन् हाम्रो समाजमा।
कुरा बुझ्नु केही छैन मजाक उडाई दिन्छन्
सुधार गर्ने सबै थाक्छन् हाम्रो समाजमा।।
(३)
अफ्ठेरोमा पराई बन्दा मन मरेको हो,
साहुँलाई नै को हो भन्दा मन मरेको हो।
घरि-घरि सोधिरहे कारण के हो भनि
झुटो माथि झुटो बोल्दा मन मरेको हो।।
(४)
समयसँगै सबको हिसाब छोडिदिए खुसी हुनु,
सफलताको एउटा बिरुवा रोपिदीए खुसी हुनु।
तिम्रो खुशी आफ्नै सम्झि आजबाट मैले पनि
हाम्रो बिचको सब सम्बन्ध तोडिदीए खुसी हुनु।।
(५)
लेखक: गणेश धामी
(कैलाली बहुमुखी क्याम्पसमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ। बेलाबेलामा साहित्य क्षेत्रमा कलम चलाइराख्नुहुन्छ)
