धनगढी,२५ पुस / कैलालीबाट विभिन्न मुद्दामा फरार रहेका ७ जना पक्राउ परेका छन्। विहिबार जिल्ला अदालत कैलालीले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आत्महत्या दुरुत्साहन मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरीवाना तोकिएका भजनी नगरपालिका–६ बस्ने मनिष कुमार चौधरी, सवारी ज्यान मुद्दामा ११ महिना १० दिन कैद सजाय र २० हजार जरिवाना तोकिएका टीकापुर नगरपालिका–२ बन्दिपुर बस्ने ४२ वर्षीय बिर्खबहादुर सुनार रहेका छन ।
यसैगरी लागूऔषध खैरो हेरोइन मुद्दामा फरार टीकापुर नगरपालिका–१ ,ब्लक नम्बर ११ बस्ने पदम राज भण्डारी, धनगढी उपमहानगरपालिका–२ बस्ने बिक्रमबहादुर बोहरा, धनगढी उपमहानगरपालिका–३ बस्ने हरि साउँद, गोदावरी नगरपालिका–१ बस्ने शिखा डाँगी र बर्दगोरिया गाउँपालिकापा–१ बस्ने सन्तोष बिश्वकर्मा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
