धनगढी, १४ पुस / सुदूरपश्चिमेलीहरुको मौलिक तथा सांस्कृतिक पर्व पुस १५ भोलि धनगढीमा पनि विशेष रूपमा मनाइने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा पुस १५ लाई मनाइने भएको हो।
कार्यक्रमको प्रमुख आकर्षणमा देउडा समूह नृत्य, स्रष्टा वाचन, खुला कविता वाचन र बाल कथा वाचन समावेश छन्। स्थानीय कला, भाषा र मौलिक संस्कृतिलाई उजागर गर्ने लक्ष्यसहित विगतदेखि पुस १५ मनाउँदै आएको आयोजकले जनाएको छ।
पुष पन्ध्रको सांस्कृतिक महत्वलाई उजागर गर्दै आयोजना गरिने यस कार्यक्रमले नयाँ पुस्तालाई समेत यस पर्वबारे केही जानकारी दिनको लागि आयोजना गरिँदै आएको आयोजकले जनाएको छ ।
