• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमबाट एक वर्षमै ५० हजार युवा विदेशिए

धनगढी । सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनामा ५० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । श्रमस्वीकृति लिएर आव २०८१/०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८२/०८३को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरि ५१ हजार ३१ जना विदेशिएका छन् । यीमध्ये चार हजार ३४४ जना महिलासमेत रहेका छन् । विदेश जानेमा बैतडी, कैलाली, कञ्चनपुर र अछामका धेरै छन् । एक वर्षमा बैतडीका पाँच जना युवाको विदेशमा मृत्युसमेत भएको  छ ।

वैदेशिक रोजगार विभागको आव २०८१/०८२ मा मात्रै बैतडीबाट पाँच हजार २५१ जना, अछामबाट सात हजार २५, कैलालीबाट सात हजार ६४६, कञ्चनपुरबाट छ हजार ६५८, बझाङबाट तीन हजार ७७ जना, बाजुराबाट दुई हजार ५७८, दुई हजार ४६३, दार्चुलाबाट दुई हजार ४६८ र  डोटीबाट सबैभन्दा कम एक हजार १२१ जना एक वर्षमा ३८ हजार २५४ जना विदेशिएका छन् ।

बिहीबार दशरथचन्द नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवाशन दिवस २०२५ को आयोजना गरेको छ । सो कार्यक्रमा नगरपालिकाका ११ वटै वडामा सचिवह सहभागी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा नेपालबाट श्रमस्वीकृति लिएर विदेश जानेको सङ्ख्या ८९ लाख ६५ हजार ३८२ पुगेको तथ्याङ्क सरोकारवालालाई जानकारी गराएको छ ।

कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रुमख कौशीला चन्दले युवाहरु बिना सिप वैदेशिक रोजगारीमा जाँदा सोचेको जस्तो आम्दानी गर्न नसकेकाले सीप सिकेर मात्रै विदेश जान वडा स्तरमै सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

गत वर्षदेखि दशरथचन्द नगरपालिकाबाट श्रमस्वीकृति प्रदान गर्ने सेवा सुरु गरेपछि सचेतना बढे पनि वैदेशिक रोजगारीका नाममा ठगी नरोकिएको रोजगार शाखा संयोज नन्दजा जोशीले बताउनुभयो । जिल्ला प्रशान कार्यालय बैतडी तथ्याङ्क अनुसार जिल्ला सञ्चालित अप्रवासी श्रोत केन्द्रबाट चालु आवको साउनदेखि कात्तिकसम्म ५०४ जनाले सुरक्षित वैदेशि रोजगारीका बारेमा परामर्श सेवा पाए पनि सात वटा ठगीका मुद्दा दर्ता भएका छन् ।

अवसरसँगै सामाजिक चुनौती थपिँदै

वैदेशिक रोजगारीले नेपालका ७८ प्रतिशत घरधुरीले विप्रेषण प्राप्त गर्दा शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरण गर्ने अवस सिर्जना गरेको छ । यद्यपि सामाजिक र पारिवारिक चुनौति थपिँदै गएको दशरथचन्द नगरपालिकाका रोजगार शाखा प्रुमख नन्दराज जोशीले बताउनुभयो ।

तथ्याङ्क अनुसार वैदेशिक रोजगारीबाट आव २०८१/०८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रुयियाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीले सकरात्मक प्रभाव पारेको भए पनि मनोसामाजिक समस्या बढेको, बालकालिका र ज्येष्ठ नागरिकमा एक्लोपन, जग्गा बाँझो रहेको र सहरी जनङ्ख्या र ग्रामीण जनसङ्ख्यामा असमानता बढेको जोशीले बताउनुभयो ।

शुक्रबार, पुष ०४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.