धनगढी–१३, मंसिर / “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ सुपर–७ भेट्रान क्रिकेट प्रतियोगिता–२०८२ धनगढी–१३ राजपुरमा सुरु भएको छ।
राजपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको उद्घाटन कार्यक्रम क्लबका उपाध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा धनगढी उपमहानगरपालिका–१३ का वडा अध्यक्ष विजय राज जोशी प्रमुख अतिथिका रहनुभएको थियो।
साथै उद्घाटन समारोहमा वडा सदस्य, प्रहरी प्रतिनिधि तथा खेलाडीहरूको सहभागिता रहेको थियो।
३५ वर्ष माथिका खेलाडीहरू सहभागी रहने भेट्रान क्रिकेट प्रतियोगिता आज २६ गतेबाट सुरु भई २८ गते आइतबारमा सम्पन्न हुने छ। प्रतियोगिताका विजेता तथा उपविजेताले नगद ५० हजार र २५ हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव तथा कार्यक्रम संयोजक कृतिनिधि विष्टले जानकारी दिए ।
विगतमा पनि क्लबले सामाजिक कार्यमा अग्रसर रहदै, युवा सचेतना र सामाज सेवामा काम गर्दै आएको क्लबका अध्यक्ष शंकर गिरीले जानकारी दिए।