• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

आजदेखि सुदूरपश्चिम महोत्सव सुरु हुँदै, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

धनगढी, २२ मंसिर / कैलालीको धनगढीमा आजदेखि सुदूरपश्चिम महोत्सव सुरु हुँदै छ । १९ औँ संस्करणको सुदूरपश्चिम महोत्सवको धनगढी उपमहानगरपालिका– १ पशुपति टोलमा सुरु हुन लागेको हो । महोत्सवको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गर्ने तयारी गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवको तयारी पुरा भएको जनाइएको छ । पुस २ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि मूल आयोजक समिति र २३ वटा उपसमिति गठन गरिएको छ । तीन करोडको लगानीमा आयोजना हुने महोत्सवमा १५ करोडको कारोबार हुने संघले जनाएको छ । महोत्सवमा कृषि उत्पादन, जडीबुटी, हस्तकला, गार्मेन्ट, इलेकट्रोनिक, होटेललगायतका पाँच सय वटा स्टल रहनेछन् । कृषितर्फ ४० तथा महिला उद्यमी, एकल महिला र स्थानीय परिकारका १५ गरी ५५ वटा स्टल निःशुल्क रहने छन् । महोत्सव अवधिभर सात लाख नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

महोत्सवको अवलोकनका लागि विद्यार्थी र खेलाडीलाई ५० रुपैयाँ तथा सर्वसाधारणलाई एक सय रुपैयाँ टिकट दर तोकिएको छ । ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सवमा बालबालिका तथा खेलप्रेमी दर्शकका लागि नयाँ खेल तथा मनोरञ्जन सामग्री समेत थप गरिएको छ । महोत्सव स्थलमा सुदूरपश्चिमका परिकारसहितका खाना–खाजाका स्टलहरू रहनेछन्, जसको सरसफाइ र व्यवस्थापनका लागि सरोकारवाला निकायसँग समन्वय गरिएको आयोजकले जनाएको छ ।

महोत्सव अवधिभर दर्शक तथा व्यवसायीको सुरक्षालाई ध्यानमा राख्दै पूर्णरूपमा सिसिटिभी क्यामराद्वारा निगरानी, निजी तथा सरकारी सुरक्षाकर्मीको व्यवस्था गरिएको छ । साथै, विमा, दमकल, प्राथमिक उपचार लगायत आकस्मिक सेवाहरू तयारी अवस्थामा रहनेछन् ।

महोत्सवमा डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने उद्देश्यले इसेवासँग अनलाइन टिकट साझेदारी गरिएको छ । दर्शकहरूले मोबाइलबाटै इसेवा मार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस वर्षको महोत्सवको मुख्य प्रायोजक निशर्ग अस्पताल एण्ड रिसर्च सेन्टर रहेको छ भने संरक्षक नेपाल उद्योग वाणिज्य महासंघ र सुुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघ रहेका छन् ।

सोमबार, मङि्सर २२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.