• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

खै के नै परिवर्तन भयो र देश ?

 खै के नै परिवर्तन भयो र देश ? 

यतिबेला नेपाल अर्थात् हाम्रो देश विषम परिस्थितिमा छ। एउटा अकल्पनीय घटनाले देश तहस नहस भएको छ। यत्रतत्र खरानी मात्रै अवशेषका रुपमा बाँकी रहेको छ। हामी आफैले देशको विनाश गरेका छौं । परिवर्तन खोज्ने नाममा विनाश निम्त्याएका छौं। यति बेला देश अभिभावक विहीन बनेको छ।

बिना नीति नियम , विधि-विधान कुनै योजना यकिन नगरेर देशलाई रणभूमि बनाइएका छौं । म पनि यही ‘जेन जी’ पुस्ताको मान्छे हुँ। तर म जस्ता कैयौले देशको सर्वनाश गरेर अवसरवादको कुर्सी खोजेका पक्कै पनि थिएनन् । निरंकुशता, तानाशाह ,भ्रष्टाचार मौलाएको पक्कै पनि हो तर योजना बिहिन अवस्थामा विदेशी शक्तिको बहुकाउमा लागेर हामीले उचालेको यो कदम हामी आफैलाई भारी भएको छ।

म सुरुमा हामीले के पायौं यसमा जान चाहे । धेरैले भनिरहेका छन् धेरैथोक अब हाम्रो भएको छ। तर शासन सत्तामा मात्तिएका भ्रष्टाचार लिप्त केही नेता भगाउन बाहेक अरु केही गर्न सक्यौ र खै ? हो ; यो ठूलो सफलता हो । शासन सत्ता हातमा लिएका छौं। अब हातमा लिइसकेको शासन सत्ता कसलाई सुम्पिने ग्रहण गर्ने कोही छ ? जो तपाईँ हामी सबैले चाहेको र खोजेको होस् । पक्कै पनि छैन ; यी र यस्तै यावत विचारहरू सबै कहाँ आइरहेका छन्। अहिले शासन गरि दिनुपर्यो भनेर हात जोड्नु परेको अवस्था छ। योभन्दा ठूलो झोलेवाद र गुलामी सायद अरु हुन सक्दैन ए ‘जेन जी’ युवाहरू हो !

मलाई यो पनि थाहा छ म जस्ता कैयौँ युवा अहिले सिंहदरबार उच्च अदालतको आगोले गिजाईरहँदा पछुतोको तलाउमा डुबुल्की पनि मार्दैछन् । सोचिरहेका छन्, सबै जलाएर हामीले के पायौ ; हामी त बनाउन, परिवर्तन गर्न गएका थियौँ। यो कसरी भयो , हामीले साथी गुमायौ तर न्याय पाउन सकेनौ, आँखै अगाडि देशको कार्यपालिका न्यायपालिका र व्यवस्थापिका खरानी हुँदा किन कसैले रोकेनन्। किन कि यी सबै विनाश हुनुमा हामी ‘जेन जी’ नै जिम्मेवार छौँ। हामीले नस्वीकारे पनि एक-एकले भन्दै छ। यो सबै गरेको विनास ‘जेन जी’ युवाले नै हो । भलै हामीले गरेका थिएनौं पनि हुँला ।

जसरी १० वर्षे जनयुद्धको अपराध आजसम्म प्रचण्डको टाउकोमा थुपारिएको छ। त्यसैगरी अकालमै हाम्रा युवा साथीको सहादत्त र देशलाई २० औँ वर्ष पछाडि पुर्‍याएको सँगै पुर्खाको इतिहास मेटाएको आरोप भावी पुस्ताले हामीलाई पक्कै पनि लगाउने छन्। सोध्ने छन्; कि सबै खरानी नै बनाउनु आवश्यक थियो र ?

हामी आज जस्तै जवाफविहीन हुने छौं। किन कि हामीलाई थाहै छैन, यो कसले गर्यो एकैछिनमा भनेर, हामी त शान्तिपूर्ण नारा लगाउँदै थियौ। कसरी जेलबाट हजारौं अपराधी फरार भए, कसरी सबै नेताले एकाएक राजीनामा दिए, कसरी कोही बेपत्ता भए, कोही हायलकायल भए, कसरी छानीछानी कार्यालय भवन, राष्ट्रिय सम्पदा ध्वस्त भए यी सबै विषयमा अधिकांश ‘जेन जी’ पुस्ता अनविज्ञ नै छ। किन कि अधिकांशले शान्तिपूर्ण आन्दोलनबाटै मार्ग खोजेका थियौं।

यहाँ सबैले जेन्जी पुस्ताको नाममा फाइदा उठाउनु सम्म उठाए ; नेपालका ऐतिहासिक सम्पदा जल्नु, ठुलाठुला व्यापारीका व्यवसायमा क्षति हुनु, कर कार्यालय जल्नु, मालपोत जल्नु, जिल्ला प्रशासन जल्नु, यातायात कार्यालय जल्नु, भन्सार कार्यालय जल्नु यहाँ सबै क्षेत्रमा सबैले क्षति नगरे तापनि आफ्नो स्वार्थ जहाँ बाँझिएको थियो ; त्यही त्यही समाप्त पारेको अवस्था पक्कै पनि हो।

उच्च अदालत देखिका जिल्ला अदालत अपराधिक गतिविधिका नाइकेहरुले ध्वस्त पारे, त्यस्तै कर तिर्न आनाकानी गर्नेले कर कार्यालय ध्वस्त पारे। सबै सुनियोजित तवरले गरे तर दोष जति निर्दोष ‘जेन जी’मा थुपारियो।

अब भन्नुस् हामीले के पायौं ; हामी र वर्तमान समयका अवसरवादी तानाशाही निरंकुश शासकमा के फरक रह्यो ? धेरैको जवाफ होला परिवर्तन चाहनेले थोरै विनाशको सामना गर्नुपर्छ, म पनि मान्छु। तर विनाश भइसकेपछि पनि किन निकास पाउन सकेको छैनौं । यहाँ भने सबैले गम्भीर हुनुपर्ने आवश्यकता छ। यहाँ भने अवस्था फरक देखिएको छ। दीर्घकालीन योजना बिना नै महाभारतको कुरुक्षेत्रको युद्धमा अभिमन्युले चक्रव्युहुँ तोडे जस्तै हामीले पनि सत्ता त तोड्यौं तर अभिमन्युका जस्तै हामी पनि यही भित्र मार्गविहीन बनिसकेका छौं ।

अन्त्यमा देश जलाउन जति सजिलो भयो चलाउन पक्कै पनि छैन। हामी सबैले छोटो समयमा नै यो आभास गरिसकेका छौं। यद्यपि अबको हाम्रो निर्णयले वर्तमान र भविष्यको सुनिश्चित गर्ने भएकाले दीर्घकालीन सोच र विचार गर्नु आवश्यक छ। नत्र ‘जेन जी’ नामक शब्द इतिहासमै धब्बा बनेर कालान्तरसम्म रहिरहनेछ ।

 

 

 

बुधबार, भदौ २५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.