गत डिसेम्वरको अन्तिममा चीनको वुहान शहरबाट फैलन सुरू गरेको कोरोना भाइरसको संक्रमण तिब्ररूपमा बढेको छ ।
अहिलेसम्म विश्वका करिव १२ लाख मानिसमा कोरोनाको संक्रमण देखिएको छ। पछिल्लो १ दिनमा ८२ हजार ४ सय २ जनामा थप कोरोनाको संक्रमण देखिएपछि संक्रमितको संख्या करिव १२ लाख ९११ लाख ९९ हजार ६४० पुगेको छ ।
संक्रमितमध्ये हालसम्म २ लाख ४६ हजार १ सय ३६ जना पूर्णरूपमा ठिक भएपनि ६४ हजार ६ सय ५० जनाको मृत्यु भएको छ ।
अहिले पनि कोरोना ठिक नभएका अर्थात संक्रमण देखिरहेका बिरामी ८ लाख ८८ हजार, छन् जसमध्ये ४२ हजार ३ सय २४ जना गम्भीर अवस्थामा छन् ।