• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

लाइसेन्स खारेज गर्ने चेतावनीपछि निजी अस्पतालमा आंशिक सेवा सुरु

धनगढी — स्थानीय स्तरसम्म कोरोना भाइरस संक्रमणको सन्त्रास बढ्नु अघिसम्म बिरामीलाई आफ्नोमा तान्न धनगढीका निजी अस्पतालहरुका बीचमा दौडधुप चल्थ्यो । कतिपयले सेती प्रादेशिक अस्पतालमै ‘सेटिङ’ मिलाएर बिरामीलाई आफ्नामा लैजान्थे ।

तर, धनगढीमै एक जनामा कोरोना संक्रमण देखिएपछि भने अवस्था फेरिएको छ। धेरैजसो निजी अस्पतालले बहिरंग सेवा नै बन्द गरे। कतिपय अस्पतालमा ताला झुण्डिएको देख्न सकिन्छ। कैलाली अस्पताल र ओम आशा अस्पतालले फार्मेसी मात्र खोलेर आकस्मिक कक्षसमेत बन्द गरेका थिए।

निजी अस्पतालले सेवा बन्द गरेपछि चौतर्फी आलोचना भयो। मंगलबार बिहान धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वडले एक सार्वजनिक कार्यक्रममै अप्ठ्यारो परेका बेला सेवा बन्द गर्ने निजी अस्पतालको लाइसेन्स खारेज गर्ने चेतावनी दिए। नगरप्रमुखको चेतावनीपछि भने निजी अस्पताल सञ्चालकहरु झस्किएका छन्। बिहिबारदेखि केही अस्पतालले ज्वरो र रुघाखोकी बाहेकका बिरामीको आकस्मिक कक्षबाट उपचार सेवा सुचारु गरेका छन्।

बिहीबार बिहान धनगढीका निजी अस्पतालहरु माया मेट्रो, सारथी, निसर्ग र नवजीवनका आकस्मिक कक्ष खुला गरिएको देखियो। माया मेट्रो अस्पतालको आकस्मिक कक्षमा अन्यको भन्दा भिडभाड थियो। सारथी अस्पताल पुग्दा डोटीका एक बिरामीको ऐपेन्डिसाइटिसको शल्यक्रिया गर्ने तयारी भइरहेको एक स्वास्थ्यकर्मीले बताए। निसर्ग अस्पतालमा पनि फाट्टफुट्ट बिरामी देखिएका थिए।

धनगढीमा ११ वटा मुख्य निजी अस्पताल छन्। धनगढी नेत्रालय, नवजीवन, सिपी, कैलाली, सिटी पोलिक्लिनिक, नोभा, ओम आशा, माया म्ेरटो, सारथी, निसर्ग र नवजीवन अस्पताल धनगढीमा सञ्चालित निजी क्षेत्रका अस्पताल हुन्।

प्राइभेट अस्पताल संघ कैलालीका अध्यक्ष नै सञ्चालक रहेको कैलाली अस्पताल सेवा बन्द गर्नेमा अग्रपंक्तिमा थियो। माया मेट्रो र निसर्ग अस्पतालले भने ज्वरो र रुघाखोकी बाहेकका बिरामीका लागि आकस्मिक कक्ष सञ्चालनमै राखेका थिए। बहिरंग सेवासमेत बन्द नगरेको दाबी गर्ने अस्पतालमा सारथी मात्रै थियो। ‘प्राइभेट अस्पताल संघकै पदाधिकारीले बिहीबार बिहान पनि फोन गरेर तपाईंले पनि बन्द गर्नुस्। तपाईंले सञ्चालन गर्दा हामीलाई अप्ठ्यारो पर्छ भनेर दबाब दिएका थिए,’ सारथीका प्रबन्धक वेदप्रकाश जोशीले भने, ‘अहिल्यै महामारी नआइसकेकोले आवश्यक सतर्कता अपनाएर हामीले ओपिडीलगायत कुनै पनि सेवा रोकेनौं।’

नगरप्रमुख, प्रदेश सरकार र आम सर्वसाधारणको आलोचनापछि प्राइभेट अस्पताल संघ कैलालीले बुधबार एक विज्ञप्ति जारी गर्दै सेवा सुचारु गर्न तत्पर रहेको जनाएको थियो। ‘हामी निरन्तर रुपमा सरकारका संयन्त्रसँग सहकार्य गर्न चाहन्छौं र सरकारलाई आवश्यक परे हाम्रा श्रोतसाधन प्रयोग गर्न दिन हामी तयार छौं,’ विज्ञप्तिमा भनिएको थियो।

-कान्तिपुर बाट 

शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.