डडेल्धुरा , २९ असार / २१२ औं भानुजयन्तीको अवसरमा केम्ब्रिज पब्लिक स्कूल डडेल्धुरामा प्राज्ञिक विद्यार्थी परिषद नेपाल डडेल्धुराको आयोजनामा कविता वाचन प्रतियोगिता गरिएको छ। विद्यार्थीहरूमा साहित्यिक अभिरुचि विकास गर्ने उद्देश्यले कविता वाचन प्रतियोगिता गरिएको प्राज्ञिक विद्यार्थी परिषद्का प्रदिप भट्टले जानकारी दिए।
प्रतियोगितामा कक्षा १२ का सरोज ऐरले प्रथम स्थान हासिल गर्दा, कक्षा १० की यमुना रोकाया द्वितीय र विभान ऐर तृतीय भए । यस्तै, कक्षा ५ का योजन भट्टले सान्त्वना स्थान प्राप्त गरे।
विजेताहरूलाई प्रमाणपत्र र पुरस्कारद्वारा सम्मान गरिएको थियो।