२३ असार / गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसिया अन्तर्गत क्षेत्रीय समिति जोहोरको पाँचौं अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। जोहोरबारुस्थित टिगा सुइट पुटेरी हारबोरमा आयोजित उक्त अधिवेशनमा मलेसियास्थित नेपाली राजदूतावासकी सहायक राजदूत मुदिता बज्राचार्य प्रमुख अतिथिको रूपमा सहभागी भएकी थिइन्।
कार्यक्रमको अध्यक्षता क्षेत्रीय समितिका निवर्तमान अध्यक्ष वेदना श्रेष्ठले गरेका थिए। अधिवेशनमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो विशिष्ट अतिथि रहनुभएको थियो।
त्यस्तै, एनसीसी मलेसियाका युवा उपाध्यक्ष नारायण अधिकारी, सचिव विष्णु प्रसाद बराल, सदस्यहरू उमेश महतो र खेमराज खत्री, क्षेत्रीय समिति जोहोरका पूर्व अध्यक्ष हरि बस्नेत, संरक्षक मिम बहादुर गुरुङ, तथा अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो।
कार्यक्रममा सुदूरपश्चिमेली समाज जोहोरका अध्यक्ष लक्षण राउद, प्रवास नेपाली सम्पर्क विभाग मलेसियाका सभापति नेत्र केसी, प्रवासी नेपाली मञ्चका केन्द्रीय सदस्य चित्र थापा, रोल्पाली सेवा समाज मलेसियाका अध्यक्ष टिपेन्द्र बुढामगर, नेपाल तामाङ घेदुङकी महिला उपाध्यक्ष सम्झना तामाङ, हेल्प मधेस मलेसियाका दिपक मण्डललगायत दर्जनौं संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
करीब दुई–तीन हप्ता अघिदेखि सुरु भएको आन्तरिक छलफल र आपसी सहमतिपछि यस पटकको अधिवेशनमा सम्पूर्ण पदमा निर्विरोध रूपमा नेतृत्व चयन गरिएको आयोजकहरूले जनाएका छन्। अधिवेशनमा पत्रकार, खेलाडी, समाजसेवी, कलाकार लगायत विभिन्न पेशा तथा समुदायबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अधिवेशनले वेदना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा बिन्दु दर्लामी मगर चयन भएकी छन् भने उपाध्यक्षमा प्रेम श्रेष्ठ चयन भएका छन्। सचिवमा छविलाल गिरी र सह–सचिवमा विनय हमाल चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा तिलक श्रेष्ठ र सह–कोषाध्यक्षमा खेमराज बोम्जन तामाङ चयन भएका छन्।
युवा संयोजकको जिम्मेवारी दीपक कार्कीले पाएका छन्। सदस्यहरूमा ईश्वर श्रेष्ठ, प्रदिप भट्ट, होमराज बान्था, मेघबहादुर तामाङ, सम्झना कुँवर, सुरेश राई, सौरभ जोती, प्रेमबहादुर तामाङ, शुसिल तामाङ, अम्बिका सारु, मङ्गल तामाङ, ससिराम कुँवर, शेखर बोम्जन, केशव खड्का, दामोदर ओली, प्रेम बिष्ट, संगीता गुरुङ, देवीका राई, शशिकला राई, अभय विक, विजय तामाङ, राजु बिसी, समिता राई, गणेशबहादुर खड्का, प्रमोद भण्डारी, रञ्जु सिके र दुर्गेग राजवहाक रहेका छन्।
नवगठित कार्यसमितिले प्रवासी नेपाली समुदायको हक–हित, सामाजिक एकता, सांस्कृतिक समृद्धि र सहयोग स्प्रिटलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।