धनगढी, १७ असार / कञ्चनपुर बेलौरी नगरपालिकाका सक्रिय युवा विष्णु दत्त अवस्थी राष्ट्रिय युवा संसद २०८१ मा विजयी भएका छन्। उनी कञ्चनपुरको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिस्पर्धा गर्दै उत्कृष्ट मतसहित निर्वाचित भएका हुन्।
ग्लोबल युथ पार्लियामेन्टको आयोजनामा सञ्चालित यस संसदले राष्ट्र निर्माणमा युवाको सशक्त भूमिका सुनिश्चित गर्न नेतृत्व विकास, नीति निर्माण र लोकतान्त्रिक अभ्यासमा उनीहरूको संलग्नता बढाउने उद्देश्य राखेको छ। विजयी अवस्थी यसअघि पनि युवासम्बन्धी गतिविधिमा सक्रियरूपमा संलग्न हुँदै आएका थिए।
अब राष्ट्रिय युवा संसदमार्फत उनी युवाको आवाज संसदसम्म पुर्याउने, नीति निर्माणमा प्रभावकारी भूमिका खेल्ने र युवासम्बन्धी समस्या उजागर गर्न अग्रसर हुने प्रतिबद्धता गरेका छन् ।
