धनगढी,१३ असार / नेपाल उद्योग परिसंघ (CNI) सुदूरपश्चिम प्रदेशको कार्यालय धनगढी, कैलालीमा उद्घाटन गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच धनगढीको साझा कम्प्लेक्समा कार्यालय समुद्घाटन तथा पदस्थापन कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा परिसंघका पदाधिकारी, उद्योगी–व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्रको सशक्त सहभागिता र औद्योगिक विकासको प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यालय सञ्चालनमा ल्याइएको आयोजकले जनाएका छन्।
नेपाल उद्योग परिसंघको यो क्षेत्रीय कार्यालयले उद्योग तथा व्यवसायसँग सम्बन्धित नीति निर्माणमा सुझाव दिने, लगानीमैत्री वातावरण निर्माणमा टेवा पुर्याउने र स्थानीय उद्योगी व्यवसायीको हित संरक्षणमा काम गर्ने लक्ष्य लिएको छ।
उद्घाटन समारोहमा सुदूरपश्चिम सरकारका मूख्यमन्त्री कमल बहादुर शाहको उपस्थिति समेत रहेको थियो।
