धनगढी, ५ असार / कैलालीको गोदावरी नदीमा बुधबार साँझ ४ बजे एकाएक बाढी आएपछि ६ जना भारतीय नागरिक गोदावरी नदीको बीचमा रहेको टापुमा फसेका थिए। वनभोज मनाउनको लागि भारत लखिमपुर खिरीबाट आएका भारतीय नागरिक ८ जनामध्ये ६ जना नदीको बीच भागमै अड्के पछि अस्थायी प्रहरी बिट गोदावरीको टोलीले उद्धार गरेको इलाका प्रहरी कार्यालय अतरिया मालाखेतीका प्रहरी निरीक्षक इन्द्रराज भट्टले जानकारी दिए।
अस्थायी प्रहरी बिट गोदावरीको टोलीले नदीमा फसेका भारतीय नागरिकहरूको डोरीको सहायताले ६ जनाकै सकुशल उद्धार गरेको प्रहरी निरीक्षक भट्ट बताउँछन्। उद्धार हुनेमा सन्दीप वर्मा, साहेबाग अलि , निधि सिंह , स्नेहा सिंह , अभिषेक देवाकान्त , हरिसित बर्मा, सकेत गुप्ता र अंकित बर्मा रहेका प्रहरी निरीक्षक भट्टले जानकारी दिए।
प्रहरी निरीक्षक भट्टले पहाड तिर पानी परिरहने र तराईका नदीहरुमा जुनसुकै बेला बाढी आउन सक्ने भएकाले सबैलाई सतर्कता अपनाएर मात्रै नदि छेउमा जान अनुरोध गरेका छन्। रमाइलो गर्न बिशेषतः नदि छेउछाउमा नगए कै वेश हुने उनको भनाइ छ।