धनगढी ३ असार/कैलाली भन्सार हुदै भारतबाट धनगढी आएको मालबहाक ट्रक मंगलबार राती शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कैलालीमा भन्सार गरी आएको गाडी सशस्त्र प्रहरीले चेकजाँचका क्रममा भन्सार छलेको शंका लागि नियन्त्रणमा लिई राजश्व अनुशन्धानमा पठाएको छ ।
हरि ओमको नाममा कैलाली भन्सार कार्यालयमा भन्सार गराइ आएको टायर र मोविल बोकेको भारतीय यु ३१ टि ३१२७ नं को ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा हो ।
ट्रक र चालक सहित गाडी नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय कोहोलपुर सशस्त्र प्रहरी बल नेपाल ३४ नं गण प्रमख तथा एसपी सुरेन्द्र राज रन्जितकारले जानकारी दिएका छन् ।
एसपी रन्जितकारका अनुशार भन्सार अपचलन भएको खवर आएकाले हामीले ट्रक तथा चालकलाई नियन्त्रणमा लिएर राजश्व अनुशन्धान कार्यालय कोहोलपुर पठाएका छौं ।