बौनिया, २१ जेठ
कैलालीको बर्दगोरिया गाउपालिका वडा न ३ बुटकौवाको छुट्टाछुट्टै ठाउमा भरुवा बन्दुक र मारेको अवस्थामा चित्तल फेला परेको छ । गए राती करिब १२ बजे स्थानियले काडा नदिमा बन्दुक फेला पारेका हुन ।
बन्दुक संगै बन्दुकमा प्रयोग हुने बारुद पनि बरामद गरिएको छ । राती करिब १२ बजे तिर शिकार गर्न खोजिरहेको अवस्थामा स्थानियले बन्दुक फेला पारेका हुन । राती शिकार गर्न हिडेको शिकारिले काडा नदिमा बन्दुक फालेर भागेको लालिगुरास सामुदायिक बनका लेखा संयोजक टंक ओलिले जानकारी दिए ।
बन्दुक कसको हो भन्ने कुरा अनुसन्धान भइ रहेको फोरेस्टर बालाराम रेग्मिले जानकारी दिनुभयो । बन्दुक स्थानीय र बनका पदाधिकारीले सब डिभिजन बन कार्यालय बौनियालाई बुझाएका छन ।
यस्तै सोमबार दिउसो करिब १ बजे लालिगुरास सामुदायिक बनमा चित्तल मारेको अवस्थामा फेला परेको छ । स्थानिय र बनका कर्मचारी गस्तिमा गएका बेला बन्दुक पड्केको आवज सुन्दा जंगलमा गएर हेर्दा चित्तललाई मारेर फालेको अवस्थामा फेला परेको सब डिभिजन बन कार्यालय बौनियाका जमदार प्रकास जोसिले जानकारी दिनु भयो । चित्तल मार्ने शिकारी भाग्न सफल भएको उनले जानकारी दिए ।
स्थानीय ,सामुदायिक बनका पदाधिकारीको रोहवरमा सब डिभिजन बन कार्यालयलाई बुझाई चित्तललाई खाल्डो खनी गाडिएको सब डिभिजन बन कार्यालयका रामपुरका सहायक बन अधिकृत दिलिप कुमार यादबले जानकारी दिनु भयो ।