धनगढी, २९ जेठ / धनगढीमा विगत लामो समयदेखि पत्रकारिता गर्दै आएका दिनेश बिष्ट सम्मानित भएका छन्।नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशनको अवसरमा बिष्ट सम्मानित भएका हुन् ।
पत्रकारिताका माध्यमबाट सुदूरपश्चिमको खेलकुद बिकासमा महत्वपुर्ण योगदान दिएको भन्दै बिष्टलाई सम्मान गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सम्मानपत्र प्रदान गरेका हुन् ।
सोही अवसरमा बिष्ट सहित खेलकुद तथा बिभिन्न क्षेत्रमा योगदान दिएका १० जना सम्मानित भएका हुन् । नेपाल खेलकुद महासङ्घ सुदूरपश्चिमका अध्यक्ष प्रकाश चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल खेलकुद महासङ्घका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र दाहाल, सुदूरपश्चिम प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल लगायतले सुभकामना मन्तब्य राखेका थिए ।