धनगढी ,१५ जेठ / नेपाली राजदूतावास, बङ्गलादेशको आयोजनामा गणतन्त्र दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ। प्रमुख अतिथि डा. रण बहादुर रावलले सम्बोधन गर्दै गणतन्त्र जनताको शासन, समानता र सामाजिक न्यायको आधार भएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य रावलले भने नेपाल–बङ्गलादेशबीच ऊर्जा, व्यापार, र संस्कृति आदिमा सहकार्य विस्तारको सम्भावना रहेको उल्लेख गर्दै, नेपालको जलविद्युत् बङ्गलादेशका लागि भवि ष्यमा उपयोगी हुने धारणा व्यक्त गर्नुभयो।
डा. रावलले प्रवासी नेपालीहरूको योगदानको प्रशंसा गर्दै, देशको नाम उज्यालो पार्न विदेशमा रहेर पनि इमानदारी र कर्तव्यनिष्ठ भए लागि रहनुभएको बताए।
युवा पुस्तालाई समृद्ध नेपाल निर्माणमा अग्रसर हुन आग्रह गर्दै, गणतन्त्रलाई संस्थागत गर्न एकता, सहिष्णुता र विकासप्रतिको प्रतिबद्धता जरुरी रहेको बताउनु भयो।