धनगढी, २३ वेशाख / कैलालीमा जबरजस्ती करणी र मानव बेचबिखनका फरार अभियुक्तहरू पक्राउ परेका छन्।
कैलारी गाउँपालिका–७ का १३ वर्षीय किशोरलाई जबरजस्ती करणी मुद्दामा ६ महिनाको कैद सजाय सुनाइएको थियो।
त्यस्तै, लम्कीचुहा नगरपालिका–९ का ५९ वर्षीय बदलु चौधरी मानव बेचबिखन र ओसारपसार मुद्दामा १ वर्ष ११ महिना ४ दिन कैद सजाय पाएका थिए।
जिल्ला अदालत कैलालीको फैसलापछि फरार रहेका दुबैजनालाई सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।