धनगढी, ११ फागुन / धनगढीको पार्क मोड क्षेत्रमा राखिएको एउटा ढुङ्गामा लेखिएको ‘पत्रुकार’ शब्द हटाइएको छ। धनगढी युथ एलायन्सले राखेको सो ढुङ्गामा ‘पत्रकारिता सिकाउने ढुङ्गा’ भन्ने आशय राख्न खोजिएको थियो, तर ‘पत्रुकार’ शब्दले आलोचना खेपेपछि सेतो टेप लगाएर हटाइएको हो।
स्थानीय पत्रकार तथा संचारकर्मीहरूले उक्त शब्द अपमानजनक रहेको भन्दै आपत्ति जनाएपछि ढुङ्गामा लेखिएको शब्द मेट्ने प्रयास गरिएको देखिन्छ।
केहीले पत्रकारिताको गरिमामाथि खेलबाड भएको भन्दै आलोचना गरे , भने केहीँले वर्तमान अवस्थाको पत्रकारिता अनुसार ठिक भएको भन्ने अभिव्यक्तिसमेत दिएका थिए।