घाईते महाकाली अस्पताल भर्ना
महेन्द्रनगरको खुला मञ्चमा संचालित सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको साँतौँ दिनमा मेलामा लफडा मच्चिएको छ । ‘कलाकार ज्योती मगरले स्टेजमा गित गाउँदै गर्दा केही उच्छृँगत समुहले कण्डम उडाउँदै थिए, ज्योतीले दिउँसोका दाजु रातीका सोल्टा भनेपछि’ केही दर्शकहरुले ज्योती ब्याक भन्दै होहल्ला गरे, ‘प्रत्यक्षदर्शी रमेश पन्तले भने, ‘त्यतिकैमा एक हुलले कलाकार ज्योतीमाथी ढुङ्गा प्रहार गरे ।’ संगै नाचिरहेका अनेरास्ववियुका नेता भुवन सिह विष्टमाथी प्रहरीले बर्ता हुन्छन, भन्दै नियन्त्रणमा लिएर मरणासन्न हुने हिसाबले कुटपिट गरेको उनले बताए ।
विद्यार्थी नेता भूवन सहितका अन्य चार जनालाई समेत मेला बिथोलिएको भन्दै नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक सुरज कार्कीको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएसकेपछि र प्रहरी भ्यान भित्र राखेपछि मरणासन्न हुने हिसाबले कुटेर घाईते बनाएको प्रत्यक्षदर्शी पन्तले बताए । ‘भुवन नाचिरहेका थिए, ‘उनले भने, ‘उद्यपी विद्यार्थी नेता भएकाले उनले विच हुलमा जानु थिएन, तर किशोरा अवस्थामा कसैलाई बढि मनोरन्जन गर्ने मन हुन्छ ।’ भुवनको दुवै हात, पिठ्यु टाउको र भित्रि शशिरमा चोट लागेको छ । तर, प्रहरी निरीक्षक सुरज कार्कीले भने, नियन्त्रणमा लिएपछि कुटपिट नगरिएको दावि गरे । प्रहरी निरीक्षक कार्कीमाथी अधिकारकर्मी शारदा चन्दले निर्धात कुटपिट गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएकी छिन् । य
स सन्र्दभलाई समेत अधिकारकर्मी शारदा चन्दले मुस्कान सहितको प्रहरीले दादागिरी देखाएर कञ्चनपुरमा फेरी आन्दोलित बनाएको बताए । ‘प्रहरीले कसैलाई पनि कुट्ने अधिकार छैन, ‘अधिकारकर्मी चन्दले भनिन, ‘यसको हामी घोर भत्र्सना गर्दछौँ ।’ मञ्चबाट नियन्त्रणमा लिईसकेपछि जिल्ला प्रहरी कार्यालय पु¥याएको लामो समयसम्म मुद्दा फाँटामै राखिएको भुवन जब बमिट गर्न थाले त्यहाँ विद्यार्थी नेताहरु पुगेपछि प्रहरीले अस्पताल ल्याउन तयार भएका थिए । भुवनको महाकाली अस्पतालमा उपचार भईरहेको छ । भुवनका शरिरमा रहेका ठुलठुला निलडामको फोटो खिच्न समेत प्रहरीले रोक लगाएको थियो ।
मानिसलाई मरणासन्न हुने हिसाबले कुटपिट गरेपछि प्रहरीले अस्पताल लैजान समेत आनाकानी गरिरहेकाले विद्यार्थी नेताहरुले प्रहरीको बिरोध गरेका थिए । समान्य भिड हुँदा पनि मनोरन्जनका क्रममा प्रहरीले दर्शकमाथी लाठी बर्साउनुले केही प्रहरीहरु नै मेला भाँड्न उद्यत रहेको विद्यार्थी नेताहरुको आरोप छ । विद्यार्थी नेताहरुले घटना धानखाने मुसो चुटाई पाउँने बिरालो जस्तै भएको टिप्पणी गरेका छन् । कञ्चनपुर प्रहरीले भने मेला बिथोल्ने समुहलाई नियन्त्रणमा लिएको जनाएको छ ।