काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियारद्वार भ्रष्टाचार मुद्दा दर्ता गरेका १७२ जनाविरुद्ध केन्द्रीय अनुसन्धान विभागमा ठगि मुद्दा दर्ता भएको छ । उक्त प्रकरणमा अख्तियारले मुद्दा दर्ता गरेका१७५ मध्ये १७२ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।
आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी)ले गृहमन्त्रालयको जाहेरीमा मुद्दा दर्ता गरेसँगै आरोपीहरुलाई पक्राउ गरेर मुद्दा अघि बढाउने बाटो खुलेको छ । सीआईबीले कांग्रेसका उपसभापतिसमेत रहेका विजय कुमार गच्छदारसहित पूर्वमन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी, छविराज पन्त, पूर्वराज्यमन्त्री सञ्जयकुमार साह, अख्तियारका पुर्वप्रमुख दीपबहादुर बस्न्यात, तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीसहितलाई मुद्दा चलाउन माग गरेको थियो ।
सीआईबीले १३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १७५ जनाविरुद्ध कारबाहीको सिफारिस गरेको थियो ।