काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाईटमा पोर्न भिडियो अपलोड भएको छ । उनको व्यक्तिगत वेवसाइट केपीशर्मा ओलीडटकम http://kpsharmaoli.com/ मा पोर्न भिडियो अपलोड भएको पाइएको हो ।
व्यक्तिगत जानकारी समेटिएको ओलीको सो वेभसाइटको डोमेन एक्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ । चीनको छेन्दु वेस्ट डायमेन्सन डिजिटल टेक्नोलोजीले सन् २०१९ को मे २८ मा सो वेवसाइटको डोमेन पुनः दर्ता भएको देखिन्छ । यस्तै डोमेनको म्याद सकिने मिति आगामी मे २८ उल्लेख छ । आईपी लोकेसन क्यालिफोर्निया देखाइएको डोमेन दर्ता गरिँदाको आईपी ठेगाना 156.238.216.62 देखिएको छ ।
अहिले प्रधानमन्त्री ओलीले http://kpsharmaoli.com.np/ वेबसाइट चलाउँछन् । पोर्न भिडियो अपलोड भएको उक्त साइट प्रधानमन्त्रीको पुरानो व्यक्तिगत साइट हो । हाल प्रधानमन्त्री ओली अर्कै वेबसाइटबाट आफ्ना गतिविधिहरु पस्कने गरेका छन् ।