धनगढी, २४ मंसिर / धनगढीको शिवनगरमा रहेको चैतन्य पाठशालाले पठन संस्कृति र कला संस्कृति बिशेष चैतन्य संवाद आज सोमबार एक कार्यक्रम गरी सम्पन्न गरेको छ । प्रेरक वक्ताहरु यज्ञराज उपाध्य प्राज्ञ तथा संस्कृतिविद , रामलाल जोशी साहित्कार बिच चैतन्यले आज एक कार्यक्रम गरी चैतन्य संवादको आयोजना गरेको हो ।
कार्यक्रममा वक्ताको रुपमा आएका “बा आमा ” पुस्तकका लेखक जोशीले हाम्रा बालबालिका के गर्दै छन् कसरी उनीहरु कुन बाटो हिड्दै छन् बा आमाले आफ्ना छोरा, छारीकोलागि के गरी रहेका छन् भन्ने कुराले जीवनलाइ परिर्वतन ल्याउनकोलागि यो किताब ल्यायको साहित्यकार रामलाल जोशीले बताए । त्यस्तै कार्यक्रममा बोल्दै लोकसाहित्य तथा संस्कृति यज्ञराज उपाध्याय ले काली। कर्णालीको किताबले हाम्रो बाजे बराजु हिजोको दिनमा कसरी हाम्रो संस्कृति मनाउँदै थिए । र भोलीका पुस्ताले यो हाम्रो भावी आउने पस्ताले नबिस्यौ भोली हामीलाइ गौरा, भुवा,लाखेनाच, माघि, लगायत हाम्रा सुदूपश्चिममा मनाइने सस्कृतिलाइ जोग्रना गर्ने भएकालाले यो काली, कर्णालीको किताब ल्याएको उनले बताए । हामीलाइ यो मौका जराउनेअवसर दिने धनगढीमा रहेको चैतन्य पाठशालाले शुवण अबसर दिएको चैतन्यले पढाइलाइ मात्र नभएर कला संस्कृतिलाइ पनि आत्मसाथ गदै गएको भन्दै धन्यबाद तथा शुभकामना दिएका थिए ।
कार्यक्रमा बोल्दै बिध्यालयका अध्यक्ष गणेश प्रसाद जोशीले जति धेरै हामी पढ्छौ, जति धेरै हामीले अध्यन गर्छौ हामी अझै निखारीने र हमीलाइ साचिकै परिवतन ल्याउने “बा आमा ” पुस्तकले ज्ञान दिने उनले बताए । बा आमा किताब बिध्याथीहरु पढ्दा बिध्यार्थीहरु अझै राम्रो र बिध्यार्थीमा राम्रो ज्ञान पाइने भएकाले पाठशालाले यो किताब लावेरी तथा बिध्यार्थीलाइ महत्वपुण हुने भएकाले पाठशालाले यो किताब खरिदेको उनले बताए । त्यस्तै बिध्यार्थी जेनी चौधरीले मानिसको जिवनमा पठन संस्कृतिले बिध्याथीलाई मात्र नभएर सम्पुर्ण मानिसलाई पठन राम्रो र असल बनाउने उनले बताए । चैतन्य संवाद कार्यक्रम पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा भएको थियो । भने प्रमुख अतिथि प्रेरक बक्ताहरु यज्ञराज उपाध्य , प्राज्ञ तथा संस्कृतिविद , रामलाल जोशी रहेका थिए कार्यक्रमा पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिहँ,पाठशालाका ब्रान्ड एम्बेसडर भरत विक्रम शाह,पत्रकार, शिक्षक, बिध्याथी,लगाएको उपस्थिति रहेका थिए ।