कैलाली , १९ मंसिर / इलाका प्रहरी कार्यालय टीकापुरले टीकापुर नगरपालिका – ९ खक्रौला पुलबाट लागु औषध खैरो हिरोइनको ठुलो परिमाण सहित श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ
साँझ ५ बजेर ४० मिनेटको समयमा इलाका प्रहरी कार्यालय टीकापुरको सुचना संकलनमा खटिएको टाेलिले चेकजाँच गर्दा ठुलो परिणाम १३ ग्राम १६० मिलिग्राम खैरो हिरोइन सहित टीकापुर नगरपालिका १ का २३ बर्षीय मुकेश चौधरी र बर्ष २२ की श्रीमती सिर्जना चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक नविन राजा बुढाथोकीले जानकारी दिए।
शंका लागेर चेकजाँच गर्दा चौधरीले भित्री बस्त्र (ब्रा)मा लुकाएर राखेको १४ पोका खैरो हिरोइन फेला परेको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज बुढाथोकी लागु औषध ओसारपसारमा महिला तथा बालबालिकाको समेत प्रयोग भएको जानकारी आफुहरुलाई भएकोले अत्यन्तै चनाखो भएर नियन्त्रण गर्न लागिरहेको बताए।